
आइतवार , भाद्र १, २०८२
काठमाडौं, १ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले काठमाडौं महानगरपालिकाको आतंम बन्द हुनुपर्ने बताउनुभएको छ । उहाँले वैकल्पिक व्यवस्था नगरी स्थानीय र गरीक जनतालाई आतंकित पार्ने काममा काठमाडौं महानगरपालिका अग्रणी भएको भन्दै जनतामाथि भइरहेको ज्यादती बन्द हुनुपर्ने बताउनुभएको हो ।
बस्नेतले भन्नुभयो, ‘काठमाण्डौ महानगरपालिका नागरिकका आधारभूत आवश्यकता खोस्ने स्थानीय सरकार बनेको छ । नागरिकको जीवनभन्दा सहरको सुन्दरता ठूलो र महत्वपूर्ण कदापी हुन सक्दैन । स्थानीय सरकारको काम, कर्तव्य र अधिकार स्थानीय र गरीब जनताको उठिबास गराउने होइन ।’
उहाँले सबैभन्दा कमजोर वर्ग राज्यबाटै प्रताडित भइरहेका घटना राजधानीमा पटकपटक पटक दोहोरिरहनु दुःखद भएको बताउनुभयो । सुकुम्बासी बस्तीमा डोजर लगाउने, कवाड र फुटपाथ व्यवसायीमाथि धरपकड र लछारपछार पार्ने काम काठमाडौं महानगरपालिकाको प्राथमिकतामा पर्ने गरेको भन्दै स्थानीय तहको सरकारले जनताको जीवन सरल र सहज बनाउने काम गर्नुपर्ने उहाँको भनाइ छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij