२०८२, आश्विन १६ गते

Oct 02 2025 | २०८२, आश्विन १६ गते

सामूहिक विद्यालय परिवारको आयोजनामा कला र वादविवाद प्रतियोगिता सम्पन्न

आइतवार , भाद्र १, २०८२

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • भैरहवा, १ भदौ । सामूहिक विद्यालय परिवार, रुपन्देहीको आयोजनामा कला र वादविवाद प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार भैरहवामा भएको कला प्रतियोगितामा कक्षा २ र ३ तथा वादविाद प्रतियोगितामा कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरुको सहभागीता रहेको संस्थाका अध्यक्ष समसाद इद्रिसीले जानकारी दिनुभयो ।

    कला प्रतियोगितामा छात्रातर्फ मनकानमना स्कूलकी आरती कलवार प्रथम, फ्लोर स्कूलकी तनाज खातुन द्वितीय, न्यू ईरा स्कूलकी तहमिन खान तृतीय र एभरग्रीन स्कूलकी चाँदी हरिजन सान्त्वना भएका छन् ।
    त्यस्तै छात्रतर्फ मनकामना स्कूलका साजिद अन्सारी प्रथम, लुम्बिनी श्रृजना स्कूलका लियाम शोरन द्वितीय, आदर्श विद्या मन्दिर स्कूलका सहिस थापा तृतीय र फलोरल स्कूलका अशुवाद चौधरी सान्त्वना भएका छन् ।
    त्यसै गरी वादविवाद प्रतियोगितामा छात्रातर्फ नेपाल नालन्दा आवासीय माविकी अंशु परियार प्रथम, युनिभर्सल स्कूलकी युना पाण्डेय द्वितीय, मिर्नवा स्कूलकी प्रशंसा ज्ञवाली तृतीय र स्पागंल स्कूलका अराध्या मिश्रा सान्त्वना भएका छन् ।

    छात्रतर्फ युनिभर्सल स्कूलका सम्राट पोख्रेल प्रथम, नेपाल नालन्दा स्कूलका प्रतिक बेलबासे द्वितीय, फ्युचर लाइट स्कूलका जोसेफ तामाङ र नमुना स्कूलका मोहित श्रेष्ठ सान्त्वना भएका छन् ।

    कला प्रतियोगितामा १६ विद्यालयका छात्र र १७ विद्यालयका छात्रा तथा वादविवाद प्रतियोगितामा १५ विद्यालयका छात्र र १४ विद्यालयका छात्राको सहभागीता  थियो ।

    सामूहिक विद्यालय परिवार रुपन्देहीका अध्यक्ष समसाद इद्रिसीको अध्यक्षता, सिद्धार्थनगर नगरपालिका शिक्षा शाखा प्रमुख चेतनशील लम्सालको प्रमुख आतिथ्यता तथा प्याब्सनका पूर्व केन्द्रीय उपाध्यक्ष विष्णु प्रसाद पन्थीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा प्याब्सन लुम्बिनी प्रदेशका कोषाध्यक्ष महेश भुर्तेल, प्याब्सन रुपन्देही जिल्ला सहसचिव गोकुल पोखरेल, प्याब्सन ओमसतियाका निवर्तमान अध्यक्ष राजकुमार गुरुङ, सामूहिक विद्यालय परिवारका सचिव कमल कोइराला, कोषाध्यक्ष प्रेम क्षेत्री, सहसचिव दीपक थापा, कार्यसमिति सदस्य सफल बस्नेत, सृजना पाठक लगायतको उपस्थिति थियो ।

    WhatsApp Image 2025-08-16 at 10.10.57 PM.jpeg

    क्ला प्रतियोगितामा मनोहर थापा र वादविवाद प्रतियोगितामा सिद्धार्थ साहित्य परिषदका अध्यक्ष डिल्लीराज भट्टराई र भैरहवा बहुमुखी क्याम्पसका उपप्राध्यापक कृष्ण प्रसाद बस्याल रहनुभएको थियो ।

    WhatsApp Image 2025-08-16 at 10.11.01 PM.jpeg