२०८२, भाद्र १ गते

Aug 17 2025 | २०८२, भाद्र १ गते

सिद्धार्थनगर–४ वडा कार्यालयद्वारा मदरसाका विद्यार्थीलाई पोशाक वितरण

आइतवार , भाद्र १, २०८२

  • 501
    Shares
  • 501
    Shares
  • भैरहवा, १ भदौ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ४ नम्बर वडा कार्यालयले मदरसाका विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरेको छ । आइतबार दोगहरास्थित मदरसा कादरिया मिस्बाहुल ओलुममा अध्ययनरत १२३ जना विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।  साथै यहाँ कार्यरत ९ जना शिक्षक/कर्मचारीलाई पनि पोशाक वितरण गरिएको थियो ।

    प्रत्येक वर्ष मदरसामा अध्ययनरत विद्यार्थीहरुलाई वडा कार्यालयले पोशाक उपलब्ध गराउँदै आएको वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला)ले बताउनुभयो । ‘हामी जिम्मेवारीमा रहेसम्म हाम्रो टीमले यो मदरसामा कुनै प्रकारको अभाव हुन नदिने संकल्प लिएका छौं, आगामी दिनमा पनि यो मदरसालाई आवश्यक सहयोग गर्छौं, ’उहाँले भन्नुभयो ।

    पोशाक वितरण कार्यक्रममा वडा सदस्य हरि बहादुर के.सी., सईद अहमद धुनिया, इन्द्रमती धोबी, मदरसाका अध्यक्ष अहमद हुसेन, प्रधानाध्यापक साज्मा खातुन, मौलाना जलालुद्दीन खाँ लगायतको उपस्थिति थियो।

    IMG_0760.JPG

    मदरसा कादरिया मिस्बाहुल ओलुममा बाल विकासदेखि कक्षा ६ सम्म पठनपाठन हुन्छ ।