२०८२, भाद्र १ गते

Aug 17 2025 | २०८२, भाद्र १ गते

चेम्बर अफ कमर्स रुपन्देहीमा चुनावी सरगर्मी, को–को छन् आकांक्षी ?

आइतवार , भाद्र १, २०८२

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • भैरहवा, १ भदौ । चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन, रुपन्देही) को १८ औं वार्षिक साधारण सभा तथा ९ औं अधिवेशन आगामी भदौ ७ गते शनिबार हुँदैछ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ ।
    संस्थाको अध्यक्ष पदमा वर्तमान वरिष्ठ उपाध्यक्ष सचिन रोक्काले आकांक्षा देखाउनुभएको छ । रोक्काले कोषाध्यक्ष र महासचिवको जिम्मेवारी सम्हालिसक्नुभएको छ । त्यस्तै वरिष्ठ उपाध्यक्षमा राम मिलन यादव आकांक्षी रहनुभएको बताइएको छ । हाल यादव वाणिज्य उपाध्यक्ष हुनुहुन्छ । उहाँले पनि कोषाध्यक्षको जिम्मेवारी सम्हालिसक्नुभएको छ ।

    त्यस्तै उद्योग उपाध्यक्षमा मधुसुदन अर्याल पुनः दोहोरिने देखिएको छ । वाणिज्य उपाध्यक्षमा सुरेन्द्र पाण्डेको नाम आकांक्षीको रुपमा आएको छ । पाण्डे हाल संस्थाको कोषाध्यक्ष हुनुहुन्छ । त्यसै गरी महासचिवमा पुनः लक्ष्मी अधिकारी नै दोहारिने बुझिएको छ । कोषाध्यक्षमा सचिवालय सदस्य धिरज कुमार मल्लिक र मिनिता थापा आकांक्षी हुनुहुन्छ ।

    दुई सचिव पदमा वर्तमान सचिव कृष्ण प्रसाद पाण्डे, गौतम कुमार गुप्ता, कार्यसमिति सदस्य विन्दु न्यौपाने र माया खनालले आकांक्षा देखाउनुभएको छ । सह–कोषाध्यक्षमा वर्तमान सह–कोषाध्यक्ष सन्तोष शुक्ला र कार्यसमिति सदस्य सिकन्दर अलीले आकांक्षा व्यक्त गर्नुभएको छ । यद्यपी आकांक्षीहरुबीच सहमतिको प्रयास भने जारी छ । 

    निर्वाचन तालिका अनुसार उम्मेदवारी दर्ताको समय भदौ २ गते सोमबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म छ । 

    चेम्बर अफ कमर्स रुपन्देहीको १८ औं साधारण सभा तथा अधिवेशन सिद्धार्थनगर–९ उदयपुरस्थित संस्थाको सभाहलमा हुने अध्यक्ष दर्पण श्रेष्ठले बताउनुभयो ।