२०८२, भाद्र १ गते

Aug 17 2025 | २०८२, भाद्र १ गते

विद्युत प्राधिकरणको नाफा घट्यो : हितेन्द्र शाक्य

आइतवार , भाद्र १, २०८२

  • 721
    Shares
  • 721
    Shares
  • काठमाडौं, १ भदौ । नेपाल विद्युत प्राधिकरणले नाफा घटाएको छ ।

    अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको नाफामा गिरावट आएको हो ।प्राधिकरणकाअनुसार आ.व. २०८१/८२ मा नाफा ९ अर्ब ६ करोड ७० लाख  भएको छ । २०८०/८१ को तुलनामा ३७.३२ प्रतिशतले कम  हो । २०८०/८१ मा १० अर्ब ५३ करोड नाफा कमाएको थियो । खासगरी कुलमान घिसिङले विद्युत प्राधिकरणको नेतृत्व सम्हाले यता प्राधिकरणले नाफा बनाइरहेको थियो ।

    तर कुलमानलाई सरकारले बर्खास्त गरेसँगै नाफामा समेत ओरालो आएको तथ्यले देखाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गत वर्षको तुलनामा विदेशी मुद्रा जापानी यनमा भएको अधिमूल्यनदेखि प्रशासनिक खर्च वृद्धि एवं औसत विद्युत विक्री मूल्यमा कमी,आएका कारणले नाफामा केही कमी देखिएको बताउनुभएको छ  । अहिले नाफामा कमी आएपनि आगामी वर्षमा वृद्धि हुने उहाँको दाबी छ । 

    कार्यकारी निर्देशक शाक्यले भन्नुभयो– ‘विद्युत विक्री बाहेक अन्य स्रोतबाट आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा कुल आम्दानी १ खर्ब ३८ अर्ब ८७ करोड रहेको थियो । सञ्चालन खर्च ब्याज खर्च लगायत सम्पूर्ण खर्चसहित आ.व. २०८१/८२ मा प्राधिकरणको कुल खर्च १ खर्ब २९ अर्ब ८१ करोड रहेको थियो ।

    आ.व. २०८१/८२ मा नाफा ९ अर्ब ६ करोड ७० लाख हुन आएको छ । २०८०/८१ को तुलनामा ३७.३२ प्रतिशतले कम  हो । गत वर्षको तुलनामा विदेशी मुद्रा जापानी यनमा भएको अधिमुल्यन आदि कारणले अडाइ अर्ब नोक्सान भएको छ । डेडिकेटेड तथा नेपाल सरकारसँग बाँकी रहेको बक्यौताको प्रभोनिजिङ गरे वापत साढे ५ अर्ब नोक्सानी भएको छ ।

    प्रशासनिक खर्च वृद्धि एवं औसत विद्युत विक्री मूल्यमा कमी आएका कारणले नाफामा केही कमी देखिएको छ । तर जुन आगामी वर्षमा वृद्धि हुने देखिन्छ । उहाँकाअनुसार आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा राष्ट्रिय विद्युत प्रणालीमा जडित कुल विद्युत जडित क्षमता ३५९१ पुगेको छ ।

    आव  २०८१/८२ मा राष्ट्रिय प्रणालीमा १५ हजार ६ सय ४१ गिगावट घण्टा विद्युत उपलब्ध भएको थियो । जसमा प्राधिकरण तथा सहायक कम्पनीहरुको योगदान ३४ प्रतिशत रहेको थियो । स्वतन्त्र विद्युत उत्पादकहरुको योगदान ५५ प्रतिशत रहेको थियो भने ११ प्रतिशत विद्युत भारतबाट आयात गरिएको थियो । 

    प्राधिकरणकाअनुसार नेपालको आन्तरीक विद्युत खपत अघिल्लो आर्थिक वर्षको तुलनामा १०.७ प्रतिशतले वृद्धि भई ११ हजार ३ सय १९ गिगावट घण्टा पुगेको थियो । आर्थिक वर्ष २०८१/८२ मा अघिल्लो आवको तुलनामा ४.६ प्रतिशतले वृद्धि भई ५७ करोड १ लाख पुगेको छ । राष्ट्रिय ग्रेड पहुँच करिव ९८ प्रतिशत पुगेको छ भने विद्युत चुहावटमा ०.४७ प्रतिशत कमी आएको छ ।

    प्राधिकरणको कुल सम्पती २०८१/८२ मा ६ खर्ब ८४ अर्ब ९१ करोड पुगेको छ । आर्थिक वर्षको २०८१/८२ मा प्राधिकरणको प्रणालीमा कुल ४३४ मेगावट विद्युत उत्पादन क्षमता थप भएको छ । जसमा प्राधिकरण अन्तर्गतका कम्पनीका साहयक कम्पनीहरुको योगदान १५३.५ मेगावाट छ भने २९०.५ मेगावट छ ।