
आइतवार , भाद्र १, २०८२
भैरहवा, १ भदौ । रुपन्देहीको भैरहवास्थित एसियन बुद्ध होटलमा यही भदौ ४ गते बुधबार ‘एसियन बुद्ध तीज स्पेशल’ कार्यक्रम हुने भएको छ । हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा कार्यक्रम गर्न लागिएको एसियन बुद्ध होटलका जनरल म्यानेजर (महाप्रबन्धक) ओमप्रकाश पाण्डेले बताउनुभयो ।
जनरल म्यानेजर पाण्डे पाण्डेका अनुसार कार्यक्रम बुधबार दिउँसो २ बजेदेखि सुरु हुनेछ । एसियन बुद्ध लिमिटेडको आयोजनामा हुने कार्यक्रममा गायिका समिक्षा अधिकारीको विशेष प्रस्तुती तथा विभिन्न रहनेछ ।
कार्यक्रममा सहभागीता शुल्क (टिकट) वापत रु. १ हजार १ सय ९९ रुपैयाँ तोकिएको छ । सहभागीलाई खाजा, नेपाली परिकार लगायतको व्यवस्था रहेको एसियन बुद्ध लिमिटेडले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij