२०८२, पौष १८ गते

Jan 02 2026 | २०८२, पौष १८ गते

ग्रामीण विकास लघुवित्तको ११ औं वार्षिक उत्सव, उत्कृष्ट शाखा र महिला उद्यमीहरु सम्मानित

आइतवार , भाद्र १, २०८२

  • 4.9K
    Shares
  • 4.9K
    Shares
  • बुटवल, १ भदौ । ग्रामीण विकास लघुवित्त संस्थाको ११ औं वार्षिक उत्सवका अवसरमा तीनवटा उत्कृष्ट शाखा र ४८ जना उत्कृष्ट महिला उद्यमीहरुलाई सम्मान गरिएको छ । देशभर ५६ जिल्लामा रहेका संस्थाका १८९ शाखामध्ये संस्थाको उद्देश्य परिपूर्तिका लागि ग्राहक, लगानी र असुली व्यवस्थापनमा रुपन्देहीको रुद्रपुर शाखा उत्कृष्ट भएको छ । 

    त्यसै गरी कैलालीको हसुलिया शाखा दोस्रो र बाँकेको खजुरा शाखा तेस्रो भएका छन् । उत्कृष्ट शाखाहरुलाई संस्थाका सञ्चालक सदस्यहरु अर्जुन बहादुर कंडेल, ऋषिराम पाण्डे, प्रमुख कार्यकारी अधिकृत श्यामकुमार कटुवाल लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो । बुटवल लगायत विभिन्न पाँचस्थानमा एकैपटक वार्षिक उत्सव कार्यक्रम सञ्चालन गरिएको संस्थाले जनाएको छ । 

    कुल ९८ करोड चुक्ता पूँजी, १३ अर्ब २७ करोड लगानी रहेको सो संस्थाले गत आर्थिक बर्ष ४५ करोड मुनाफा आर्जन गर्न सफल भएको थियो । सो अवसरमा बोल्दै सञ्चालक सदस्यहरु कंडेल, पाण्डे र प्रमुख कार्यकारी कटुवाल लगायतले खास गरी निम्न आय भएका महिलाहरुलाई उद्यमी बनाइ राष्ट्रको समृद्धिको यात्रामा टेवा पुर्याउने संस्थाको मुल उद्देश्य रहेको बताउनुभयो । यसैबीच संस्थाले कार्यरत कर्मचारीहरुको हकमा आधा महिना बराबरको तलब लाभांश भत्तास्वरुप उपलब्ध गराउने निर्णय गरेको छ । 

    संस्थाको सञ्चालन तथा सुपरीवेक्षण कार्यालयका प्रमुख कुमार बहादुर सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधान कार्यालयका वित्त विभाग प्रमुख मोतीराज खनाल, नेपाल वित्तीय संस्था कर्मचारी संघका केन्द्रिय अध्यक्ष ईश्वर लम्साल, कर्मचारी संगठनका प्रदेश अध्यक्ष विष्णु खनाल, कार्यक्रम सञ्चालक दीपक प्रसाद न्यौपाने लगायतले साविक ग्रामीण विकास बैंकको स्थापनाको उद्देश्य र लक्ष्य प्राप्तीका लागि खेलेको भूमिका वर्तमान लघुवित्त संस्थाको उन्नति र प्रगतिका लागि आवश्यक एकताका बारेमा चर्चा गर्नुभएको थियो । 

    यसअघि संस्थाको ११ औं वार्षिकोत्सवको अवसरमा प्रधान कार्यालय बुटवलमा बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । नेपाल रेडक्रस सोसाइटी बुटवल रक्त सञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा ४३ जनाले रक्तदान गर्नुभएको थियो ।

    साविकका पाँचवटा क्षेत्रीयस्तरका ग्रामीण विकास बैंकहरु एकआपसमा गाभिएर पहिले नेपाल ग्रामीण विकास बैंक हुँदै राष्ट्र बैंकको नयाँ नीति अनुसार ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको गठन भएको हो ।