२०८२, आश्विन १६ गते

Oct 02 2025 | २०८२, आश्विन १६ गते

जेसीआई तिलोत्तमाको सप्ताहव्यापी कार्यक्रम, फुटसलमा जेसीआई रामनगर प्रथम

आइतवार , भाद्र १, २०८२

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • तिलोत्तमा, १ भदौ । जेसीआई तिलोत्तमाद्धारा आयोजित फुटसल प्रतियोगिताको उपाधि जेसीआई रामनगरले जितेको छ । जेसीआई तिलोत्तमाको साताव्यापी कार्यक्रम अन्र्तगत समापनका दिन शनिबार आयोजित प्रतियोगितामा जेसीआई कञ्चनलाई ३ का विरुद्ध ८ गोलको विशाल अन्तरले हराउँदै जेसीआई रामनगरले उपाधि जितेको गरेको हो । 

    लुम्बिनी वल्र्ड स्कूलमा आयोजित फुटसलमा जेसीआई तिलोत्तमाका ८ वटा छिमेकी शाखाहरुको सहभागीता थियो । प्रतियोगिता अवधिभर कुल ९ गोल गरेका विजेता टीमकोतर्फबाट सरोज पौडेलले सर्वाधिक गोलकर्ताको उपाधि जित्नुभयो भने उपविजेता टीम जेसीआई कञ्चनका गोलकिपर प्रकाश पौडेलले उत्कृष्ट खेलाडीको उपाधि प्राप्त गर्नुभयो ।

    लगत्तै आयोजित पुरस्कार वितरण कार्यक्रममा प्रतियोगिताका विजयी तथा उपविजयी टीम तथा तिनका खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि रामकृष्ण खाणले पुरस्कार स्वरुप शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको थियो । 

    समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि खाणले जेसीआई तिलोत्तमाले साताव्यापी कार्यक्रमको आयोजना गरेर पुण्यको काम गरेको बताउनुभयो । उहाँले यस्ता कार्यले समाज रुपान्तरणमा महत्वपूर्ण भुमिका खेल्ने भन्दै आगामी दिनमा जेसीआई तिलोत्तमासँग सहकार्य गर्दै अघि बढ्न तिलोत्तमा नगरपालिका तयार रहेको पनि बताउनुभयो । 

    जेसीआई तिलोत्तमाका अध्यक्ष प्रकाश न्यौपानेको अध्यक्षता रहेको कार्यक्रममा जेसीजका राष्ट्रिय उपाध्यक्ष धनराज पौडेल, जेसीआई तिलोत्तमा संस्थापक अध्यक्ष जेसीआई विनोद ढकाल, काँग्रेस तिलोत्तमाका नगर सभापति हरिलाल पाण्डे, लुम्बिनी वल्र्ड स्कूलका प्राचार्य विष्णु प्रसाद ढकाल, जेसीआई तिलोत्तमाका पूर्वअध्यक्ष तथा पदाधिकारीहरु, छिमेकी शाखाका अध्यक्ष तथा पदाधिकारीहरु लगायतको सहभागीता रहेको जेसीआई तिलोत्तमाका महासचिव रामु रोकाले जानकारी दिनुभयो । 

    यसअघि शनिबार नै आयोजित फुटसल प्रतियोगिताको उद्घाटन टी–२० राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक यम बहादुर गुरुङले गर्नुभएको थियो । जेसीआई तिलोत्तमाले साताव्यापी कार्यक्रम अन्र्तगत आइतबार मणिग्रामचोकमा सचिवालयको स्थापना गरेको थियो । सोमबार मणिग्रामचोकमै बृहत रक्तदान र निःशुल्क सुगर जाँचको आयोजना गरेको थियो । 

    3b542c78-6307-4bfd-baa2-7527ca20807d.jpg

    त्यसै गरी मंगलबार निःशुल्क दन्त परीक्षण, बुधबार अटिजम सम्बन्धि सचेतना कार्यक्रम, बिहीबार गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण, शुक्रबार मानसिक स्वास्थ्य सचेतना कार्यक्रम आयोजना गरेको जेसीआई तिलोत्तमाले शनिबार अन्तर शाखा फुटसल प्रतियोगिता तथा समापन कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको वर्ष २०२५ का अध्यक्ष प्रकाश न्यौपानेले जानकारी दिनुभयो ।