२०८२, आश्विन १६ गते

Oct 02 2025 | २०८२, आश्विन १६ गते

ज्योति पुञ्ज मदरसा गौसियाको अध्यक्षमा मुसाफिर अली

आइतवार , भाद्र १, २०८२

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • भैरहवा, १ भदौ । ज्योति पुञ्ज गौसिया रिजबिया अहले सुन्नत नूरुल ओलूम धार्मिक संस्था मदरसा सिद्धार्थनगर–७, रुपन्देहीको अध्यक्षमा हाजी मुसाफिर अली निर्वाचित हुनुभएको छ ।शनिबार भैरहवामा सम्पन्न संस्थाको १९ औं साधारण सभा तथा ८ औं अधिवेशनबाट अली सर्वसम्मत निर्वाचित हुनुभएको हो । 

    त्यस्तै उपाध्यक्षमा हाजी डा. सेराज आलम, सचिवमा मोहम्मद सलिम, सह–सचिवमा हाजी मोहम्मद हसन अन्सारी, कोषाध्यक्षमा जावेद अली, सह–कोषाध्यक्षमा नजाम साफी निर्वाचित भएको निर्वाचन आयुक्त प्रदिप यादवले जानकारी दिनुभयो ।

    त्यसै गरी कार्यसमिति सदस्यमा सलाउद्दीन, नसरुदीन, रमजान मुसलमान, मोबिन मुसलमान, हसन रजा, तुफेल पठान, अफाक अली र एकराम हुुसैन निर्वाचित हुनुभएको छ । त्यस्तै अब्दुल रसीद पठानको संयोजकत्वमा तीन सदस्य लेखा समिति गठन गरिएको छ । समितिको सदस्यमा सगीर आलम र सलाहुद्दीन खान रहनुभएको छ ।

    सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सिद्धार्थनगर–७ का वडाअध्यक्ष दामोदर शर्मा घिमिरे, हकिकुल्ला खाँ, बद्रे आलम, फैज अहमद खाँ, मदरसाका प्रधानाध्यापक हाजी सूफी मोहम्मद सिद्दीक खाँ, मोजीब अली लगायतले मदरसाको विकास र नयाँ समितिलाई सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।

    वि.सं.२०५८ सालमा स्थापना भएको मदरसाले धार्मिक शिक्षासँगै मूलधारको शिक्षा प्रदान गर्दै आएको छ ।