शनिवार , श्रावण ३१, २०८२
तिलोत्तमा, ३१ साउन । नेपाली कांग्रेसले तिलोत्तमा नगरपालिका को वडा नम्बर १४ मा दुईवटा भातृ संस्था विस्तार गरेको छ । शनिबार तिलोत्तमा–१४ मा आयोजित वडा नेपाल महिला संघ र नेपाल थारु संघ गठन गरिएको हो ।
महिला संघको अध्यक्षमा शर्मिला शेरचनलाई चयन गर्दै २१ सदस्यीय समिति गठन गरिएको छ । त्यस्तै संजय चौधरीको अध्यक्षतामा २१ सदस्यीय समिति बनाइएको हो । कार्यक्रमका प्रमुख अतिथि कांग्रेस रुपन्देही जिल्ला सभापति रामकृष्ण खाणले कांग्रेस हरेक हिसाबले अब्बल बन्दै गइरहेको बताउनुभयो । उहाँले विस्तारित समितिले पार्टीका लागि काम गर्दा अनुशासित र पार्टीको परिधि ख्याल गरेर सफल कार्यकाल बनाउन सुझाउनुभयो ।
त्यस्तै पार्टीको पूर्व जिल्ला सभापति रामचन्द्र ढकालले भातृ संस्था स्थापना गर्नु पार्टीलाई थप मजबुत गराउनु भएकाले समितिका सदस्यको लगाव पार्टीप्रति झल्किनुपर्ने बताउनुभयो ।
कार्यक्रममा कांग्रेस महासमिति सदस्य पुष्पा थरुनी, नेपाल थारु संघका जिल्ला सभापति चन्द्रमान थारु, कांग्रेस तिलोत्तमा नगर सभापति हरिलाल पाण्डे, तिलोत्तमा–१३ का सभापति नारायण ढकाल, तिलोत्तमा–१४ का वडाध्यक्ष आश्विन पौडेल लगायतले पार्टीले समितिका सदस्यलाई ठूलो जिम्मेवारी सुम्पेकाले त्यसमा खरो उत्रन शुभकामना दिनुभयो ।
कांग्रेस तिलोत्तमा–१४ का सभापति चुरामणि भुसालको सभापतित्व तथा सचिव अर्जुन क्षेत्री (हापु) को स्वागतमा सम्पन्न भएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij