२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

बुद्ध सामुदायिक टेलिभिजनले मनायो १७ औं वार्षिकोत्सव

शनिवार , श्रावण ३१, २०८२

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • बुटवल, ३१ साउन । बुद्ध सामुदायिक टेलिभिजनले शनिबार (आज) १७ औं वार्षिकोत्सव मनाएको छ । शान्तिका लागि सञ्चार अभियानद्वारा सञ्चालित टेलिभिजन ‘श्रीकृष्णजन्माष्टमी’ का दिन स्थापना भएको थियो । 
    बुटवल चौराहास्थित टेलिभिजन प्रांगणमा आज एक कार्यक्रमकाबीच १७ औं वार्षिकोत्सव मनाएएको हो । 

    कार्यक्रममा टेलिभिजनका सल्लाहकार तथा लुम्बिनी प्रदेशका पूर्व मुख्य न्यायाधिवक्ता डा. बुद्ध बहादुर थापाले मोफसलमा रहेर १७ बर्षसम्म अनवरत रूपमा टेलिभिजन सञ्चालन गर्नु आफैमा महत्वपुर्ण भएको भन्दै गैरनाफामूलक सामुदायिक सञ्चार माध्यमलाई राज्यले सहयोग गर्नुपर्ने बताउनुभयो । पछिल्लो समय मिडियाहरूले राज्यको माया र सद्भाव पाउन नसकेको अनुभुति गरेको भन्दै उहाँले राज्य मिडियामैत्री हुनुपर्नेमा जोड दिनुभयो । 

    टेलिभिजनका अध्यक्ष ओम ज्ञवालीले वार्षिकोत्सवको अवसरमा शुभकामना दिदै टेलिभिजनलाई यो अवस्थासम्म ल्याइपुर्याउन महत्वपूर्ण भुमिका निर्वाह गर्ने दर्शक, विज्ञापनदाता, सञ्चालक समिति, पत्रकार तथा कर्मचारीहरूप्रति आभार व्यक्त गर्नुभयोे ।

    टेलिभिजनका उपाध्यक्ष समेत रहनुभएका राष्ट्रिय टेलिभिजन प्रसारण संघ लुम्बिनी प्रदेश अध्यक्ष गोपाल ज्ञवालीले समुदायस्तरबाट सञ्चालित सामुदायिक टेलिभिजनहरूलाई राज्यले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।  टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत कपिल ज्ञवालीले आगामी दिनमा टेलिभिजनका कार्यक्रम तथा समाचारलाई अझै परिस्कृत गर्दै लैजाने प्रतिवद्वता न्यक्त गर्नुभयोे । 

    सो अवसरमा कार्यक्रम सञ्चालक ज्योतिष पण्डित चेतनारायण सुवेदीले कृष्ण जन्माष्टमी पर्वको बारेमा प्रकाश पार्नुभएको थियो । 

    IMG_1655.JPG