
मंगलवार , चैत्र ३१, २०७७
काठमाडौं, ३१ चैत ।
परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले विद्वानका सुझावहरु निति निर्माण र राष्ट्र निर्माणमा उपयोगी हुने बताएका छन् । मन्त्री ज्ञवालीले विद्धान वर्गका अनुसन्धानमूलक सुझाव एवं अध्ययन प्रतिवेदनहरु विकासका अवरोध हटाउन तथा नीति निर्माणमा सहयोगी सिद्ध हुने विचार व्यक्त गरेका हुन् ।
नेपाल विकास अनुसन्धान प्रतिष्ठानको १८ औं वार्षिकोत्सवको मंगलबार राजधानीमा उद्घाटन गर्दै मन्त्री ज्ञवालीले समृद्ध राष्ट्र निर्माण र मुलुकको दिगो विकासका लागि वर्तमान सरकार प्रतिबद्ध रहेको बताए ।
मन्त्री ज्ञवालीले उन्नत समाज निर्माण तथा नागरिकहरूमा शिक्षा, स्वास्थ्य लगायत आधारभूत सेवाका साथै विकासको प्रतिफल उनीहरू माझ पु¥याउन सरकार क्रियाशील रहेको उल्लेख गर्दै विकासका समस्या पूर्ण रुपमा समाधान हुन नसकेको टिप्पणी गरेका छन् ।
कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले सामाजिक न्याय, सुशासन र विकास आजको आवश्यकता भएको धारणा व्यक्त गरेका थिए । दिगो विकास लक्ष्यका १७ वटा प्राथमिकतालाई नेपालले पनि उत्तिकै प्राथमिकताका साथ कार्यान्वयन गर्नुपर्नेमा रेग्मीको जोड थियो ।
सो अवसरमा प्रतिष्ठानका संस्थापक सदस्य पुण्य प्रसाद रेग्मी, कार्यकारी निर्देशक जयकुमार गुरुङ लगायतले प्रतिष्ठानका गतिविधिबारे जानकारी गराउँदै अवको कार्यदिशाबारे चर्चा गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij