२०८२, आश्विन १५ गते

Oct 01 2025 | २०८२, आश्विन १५ गते

मगर महिला संघ रुपन्देहीको मातृ भाषा जागरण अभियान, बुटवलमा पाँच भाषाका कविता वाचन

शनिवार , श्रावण ३१, २०८२

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • बुटवल, ३१ साउन । नेपाल मगर महिला संघ रुपन्देहीले सञ्चालन गरेको मातृ भाषा जागरण अभियान अन्तरगत शनिबार बुटवलमा कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न पाँचवटा एकल जातीय मातृभाषामा कविता वाचन गरिएको थियो । मातृ भाषाको संरक्षण, पहिचान तथा पुस्तान्तरणका लागि मगर महिला संघले सञ्चालन गरिएको अभियान अन्तरगत मगर, नेवाली, थारु, गुरुङ तथा तामाङ भाषाको कविता वाचन गरिएको थियो । 

    सो अवसरमा बोल्दै नेपाल मगर संघ केन्द्रीय सह–अध्यक्ष दलबहादुर विरकट्टा मगरले आदिवासी जनजातिहरुको भाषा, संस्कृति तथा पहिचानको संरक्षणका लागि साहित्यको ठूलो भूमिका रहने उल्लेख गर्नुभयो । उहाँले आगामी पुस्तालाई पहिचान र संस्कृति हस्तान्तरणका लागि घरपरिवार र समुदायमा एक भएर लाग्नुपर्ने बताउँदैराज्यले यसको संरक्षणमा सहयोग गर्नुपर्ने बताउनुभयो । 

    कार्यक्रममा नेपाल मगर संघ लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष जनक थापा, संघका रुपन्देही कार्यबाहक अध्यक्ष टेकबहादुर रेश्मी, आदिवासी जनजाती महासंघ रुपन्देहीका सल्लाहकार शंकर गाहा, मगर युवा संघ केन्द्रीय महासचिव राम अस्लामी मगर, गुरुङ भाषाविज्ञ तथा अभियन्ता भिम गुरुङ लगायतले बोल्दै आदिबासीको अधिकार स्थापित गर्नका लागि भाषा र सँस्कृतिको संरक्षण पहिलो शर्त भएको उल्लेख गर्नुभयो । राज्यले आदिबासीहरुको भाषा, संस्कृति र पहिचानलाई संरक्षण गर्नका लागि विद्यालयतहमा पाठ्यपुस्तकमै व्यवस्था गर्नुपर्ने उहाँहरुको जोड थियो । 

    कार्यक्रममा लक्ष्मी श्रेष्ठ, दिलमाया थिङ लामा, बमबहादुर थारु लगायतले मातृभाषामा कविता वाचन गर्नुभएको थियो । नेपाल मगर महिला संघ रुपन्देही सचिव खिमा श्रीसको सञ्चालन तथा अध्यक्ष निर्मला थापाको स्वागत तथा अध्यक्षतामा कार्यक्रम भएको थियो ।