२०८३, जेठ ९ गते

May 23 2026 | २०८३, जेठ ९ गते

नेपाल लोकतन्त्रवादी अदिवासी जनजाति महासंघ रुपन्देही–३ को अधिवेशन हुँदै

शनिवार , श्रावण ३१, २०८२

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • भैरहवा, ३१ साउन । नेपाली काँग्रेसको भातृ संस्था नेपाल लोकतन्त्रवादी अदिवासी जनजाति महासंघ क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीको प्रथम क्षेत्रीय अधिवेशन–२०८२ भैरहवामा हुने भएको छ । अधिवेशन आगामी भदौ २ गते सोमबार भैरहवास्थित भैरहवा गार्डे रिसोर्टमा हुने महासंघको रुपन्देही जिल्ला उपाध्यक्ष जीतमान गुरुङले बताउनुभयो ।

    उपाध्यक्ष गुरुङका अनुसार अधिवेशनको प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणले उद्घाटन गर्नुहुनेछ ।

    नेपाल लोकतन्त्रवादी अदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष ओम बहादुर घर्ती मगरको विशिष्ट आतिथ्यता, लुम्बिनी प्रदेश सभा सदस्य देवी प्रसाद चौधरी, काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाण, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँ, काँग्रेस क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति सुशील गुरुङ लगायतको आतिथ्यतामा हुने उहाँले जानकारी दिनुभयो । अधिवेशन बिहान ११ बजेदेखि सुरु हुनेछ ।