
कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर १२ हृदयनगरका तेलीको श्वासप्रश्वासमा समस्या आएपछि मंगलबार राति बुटवलस्थित अस्पताल ल्याएर भेन्टिलेटरमा राखिएको थियो ।
बिहिवार , श्रावण २९, २०७७
कपिलवस्तु २९ साउन । बुटवलस्थित धागो कारखानामा रहेको कोरोना विशेष अस्थायी अस्पतालमा बुधबार बिहान ज्यान गुमाएका २५ वर्षीय युवा प्रदीप तेलीको पिसिआर रिर्पोट नेगेटिभ आएको छ।
कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर १२ हृदयनगरका तेलीको श्वासप्रश्वासमा समस्या आएपछि मंगलबार राति बुटवलस्थित अस्पताल ल्याएर भेन्टिलेटरमा राखिएको थियो ।
बुधबार साँझ आएको पिसिआर रिपोर्टमा तेलीलाई कोरोना संक्रमण नदेखिएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए। थापाका अनुसार तेलीलाई मृगौलामा समस्या रहेको थियो।
तेली यही साउन २४ गते भारतको मुम्बईबाट घर आएका थिए। भारतबाट आउँदा खेरी नै ज्वरो र रुघाखोकी देखिएपछि उनले स्थानीय अस्पतालमा उपचार गराएका थिए। श्वासप्रश्वासमा समस्या देखिनुका साथै कोरोनासँग मिल्दोजुल्दो लक्षण भएपछि उनलाई कोरोना अस्थायी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार थालिएको थियोे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij