२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

शैक्षिक र भाषा प्रशिक्षण संस्थालाई रुपन्देही प्रशासनले भन्यो–आवश्यक कागजात बुझाउनु

शुक्रवार , श्रावण ३०, २०८२

  • 386
    Shares
  • 386
    Shares
  • भैरहवा, ३० साउन । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण गराउने संस्थाहरुलाई आवश्यक कागजातहरु कार्यालयमा उपलब्ध गराउन अल्टिमेटम दिएको छ । केही संस्थाहरुबाट कानूनले तोकेकाबाहेकाका कार्यहरु गरेको उजुरीपछि कार्यालयले शुक्रवार एक सूचना जारी गर्दै संस्थाहरुलाई ७ दिन भित्र आवश्यक कागजात कार्यालयमा उपलब्ध गराउन अल्टिमेटम दिएको हो ।

    सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जिवी रानाद्वारा जारी गरिएको सूचनामा भनिएको छ–‘संस्थाहरुबाट प्रशिक्षण र परामर्श गराउनुपर्नेमा केही संस्थाले प्रचलित कानूनले तोकेको कार्यहरुबाहेक भिषा प्रक्रिया, रोजगारीको सुनिश्चितता गर्ने, ट्राभल एजेन्सी र सहकारी संस्थाहरुसँग मिलोमतो गरी नक्कली कागजात बनाउने, मेनपावरले गर्ने काम व्यक्तिगत÷संस्थागत रुपमै गर्ने गरेको गुनासो/उजुरीका सम्बन्धमा विवरणहरु अद्यावधिक गरी ७ दिनभित्र कार्यालयमा उपलब्ध गराउनु सबैमा अनुरोध छ ।’

    १० बुँदा उल्लेख गरी विभिन्न अनुमती पत्र, प्रमाणपत्र, सम्झौता लगायत कागजातहरु उपलब्ध गराउन सूचनामा उल्लेख छ । तोकिएको समयमा कागजात उपलब्ध गराउने वा मापदण्ड पूरा गरेको नपाइएमा कारवाही हुने कार्यालयले जनाएको छ ।

    शैक्षिक_परामर्श_तथा_भाषा_प्रशिक्षण_सञ्चालन_गर्ने_संस्थाहरु_सम्बन्धी_अत्यन्त_जरुरी_सूचना_।.jpg