
शुक्रवार , श्रावण ३०, २०८२
काठमाडौं, ३० साउन । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्कीले हतारमा कुनैपनि विधेयक अघि बढाइनु नहुने बताउनुभएको छ ।
सिंहदरबारमा शुक्रवार बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले हतारमा काम गर्दा राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले राजीनामा दिनुभएको स्मरण गर्दै कुनै काम हतारमा गरेर पछुताउनु नहुने बताउनु भयो । विधेयकहरु राम्रोसँग बुझेर मात्रै अघि बढाउनुपर्ने उहाँको भनाइ छ । हतारमा काम गर्दा संसदका सबै सांसदहरु बेकुफ भएको घटना ताजै रहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘म त्यत्ति इन्टेलिजेन्स नभएर होला, तुरुन्तै अहिले ह्वारर पढेको आधारमा फिडब्याक दिन सक्दिन । हालैको अनुभव पनि छ । हतारको काममा लतार भएर एक जना सभापतिज्युले राजीनामा दिनुप¥यो । त्यसैले हामीले धेरै सोच्नुपर्छ । त्यत्रो सदनमा हामी सबै सांसदहरु त बेकुफ नै भयौँ नि त । सबैले थपडी मारेर पास ग¥यौँ, तर त्यसको नतिजा के आयो बुझेकै छौँ ।’
सांसद कार्कीले सदनमा र समितिमा छलफल राम्रोसँग गरेर मात्रै विधेयकहरु अघि बढाउनु उचित हुने सुझाव दिनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij