२०८२, आश्विन १४ गते

Sep 30 2025 | २०८२, आश्विन १४ गते

विमानस्थलमा यात्रुमाथि हुने अपमान बन्द गरौँ : सांसद ढकाल

शुक्रवार , श्रावण ३०, २०८२

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • काठमाडौं, ३० साउन । नेकपा एमाले सांसद एकनाथ ढकालले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरुलाई अपमान गर्ने काम बन्द गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

    सिंहदरबारमा शुक्रवार बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यात्रुहरु हरेकलाई ठग नै हो जस्तो गरी व्यवहार हुने गरेकोप्रति असन्तुष्टि जनाउनुभएको हो । उहाँले यात्रुहरुमाथि दुव्र्यवहार गर्ने कार्य बन्द गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।

    अन्तर्राष्ट्रिय विमानस्थलबाट पाउनुपर्ने सेवा यात्रुहरुले पाउन नसकेको बताउनु भयो । विमानस्थलमा यात्रुमाथि उनीहरुको आत्मसम्मानमा ठेस पु¥याउने काम भएको बताउनु भयो । विमानस्थलमा नागरिक उड्डयन प्राधिकरण प्रमुखको शासन चल्ने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो । 

    उहाँले भन्नुभयो, ‘त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरुलाई अपमान गर्ने, यात्रुहरु हरेकलाई यो ठग नै हो जस्तो गर्ने, बेला बेलामा दुव्र्यवहार पनि गर्ने जुन काम पहिलादेखि भइरहेको थियो, त्यो काम रोकिएको छैन । अब त्यहाँ कोही पहिलो पटक उत्साहित भएर गइरहनुभएको हुन्छ, उहाँहरुलाई थाहा हुँदैन ।

    एउटा प्यासेन्जरले अन्तर्राष्ट्रिय विमानस्थलबाट जुन सेवा प्राप्त गर्नुपर्ने हो, त्यो सेवा प्राप्त गर्न सक्नुभएको छैन । उहाँहरुको आत्मसम्मानमा ठेस आउने किसिमले एयरपोर्टमा काम, कारबाही भएको छ ।

    एयरपोर्टमा प्राधिकरणको प्रमुखको शासन लागू भएको छ। त्यहाँ मन्त्रालयको के रोल हुन्छ मलाई थाहा छैन, उहाँको आफ्नो खुशीअनुसार कहिले पास खुला गरेको छ, कहिले बन्द गरेको छ, अपाङ्ग हुनुहुन्छ, महिला हुनुहुन्छ । पहिला त्यहाँ चेकिङ काउण्टरसम्म पास लिएर त्यहाँ गएर पठाउने चलन थियो । त्यहाँ न कुनै वैकल्पिक व्यवस्था गरिएको छ । त्यो छैन।’

    सांसद ढकालले विमानस्थल अस्तव्यस्त रुपमा सञ्चालन भइरहेको बताउनु भयो ।