२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

‘निर्धारित ढंगबाट काम शुरु गर्नूस्, चल्दै जान्छ भनेर हुँदैन’ : प्रधानमन्त्री ओली

शुक्रवार , श्रावण ३०, २०८२

  • 481
    Shares
  • 481
    Shares
  • काठमाडौं, ३० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्धारित ढंगले काम शुरु गर्न मन्त्रीहरुलाई निर्देशन दिनुभएको छ ।

    काम गर्दै जाऔँ, चल्ते चलाते जति हुन्छ भन्ने हिसावले काम गर्दा कतै नपुगिने उहाँको भनाइ छ । मन्त्रीहरुसँग कार्य सम्पादन सम्झौता गर्दै प्रधानमन्त्री ओलीले युगान्तकारी कामहरु कसरी छिटो सम्पन्न गर्ने भन्ने हिसावले योजनावद्ध रुपमा अघि बढ्न मन्त्रीहरुलाई निर्देशन दिनुभयो ।

    उहाँले मिथेन ग्याँस उत्खनन गरी परीक्षण उत्पादन आगामी डिसेम्बरभित्र सम्पन्न गर्नेगरी काम थाल्न निर्देशन दिनुभयो । कुन उत्खनन कम्पनीसँग काम गर्दा छिटो हुन्छ, त्यसैअनुसार ठेक्का गरेर अघि बढ्न निर्देशन दिनुभयो । त्यसका लागि काठमाडौंमा कहाँ कहाँ ट्याङ्की राख्ने भन्ने बारेमा योजना बनाएर अघि बढ्न बताउनु भयो ।

    प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘काम गर्दै जाऔँ, चल्ते चलाते जति हुन्छ, त्यति गर्दै जाऔँ भनेर हुँदैन । निर्धारित ढंगले काम गर्नुपर्छ । केही हाम्रा अगाडिका ठूला कामहरु छन् । युगान्तकारी कामहरु छन्,  ति कसरी गर्ने ? उद्योग मन्त्रालय अन्तर्गत नै पर्छ होला, मिथेन ग्याँस उत्खनन सम्बन्धी कार्य । त्यसलाई सकेसम्म छिटो यो डिसेम्बर भित्रमा परीक्षण उत्पादन शुरु गर्नेगरी काम अघि बढाऔँ । 

    छ भन्नेकुरा भइसक्यो । कोसँग मिलेर गर्दा छिटो हुन्छ, कसले गर्दछ भन्ने होइन । कालो मुुसो, सेतो मुसो, कालो बिरालो, सेतो बिरालो होइन । मुसा मार्ने बिरालो चाहियो । काम विलम्व नगरीकन गर्ने  ठेकेदार चाहियो । प्रशोधन कारखाना छेउमा राखौँ । त्यसका लागि अहिलेबाट काठमाडौंमा कहाँ कहाँ ट्याङ्की राख्ने, कहाँबाट वितरण गर्ने ? विराटनगरमा कहाँ, मूल ट्याङ्की कहाँ राख्छौँ ।

    अण्डरग्राउण्ड  ट्याङ्की ठूला ठूला राखौँ । त्यहाँ ल्याएर ग्याँस राखौँ । सप्लाई गरौँ । यो चिजको प्लानिङ गरेर काम थालाँै । धौबारी फलामसँगै फलामखानीबाट फलाम निकालेर काम थालाँै । हामीले तालिका बनाएर काम थालौँ । गेम चेन्जर भनेका यस्ता प्राजेक्ट हुन् । म्याग्नेसाइट उद्योग चल्छ भन्ने छ । चलाऔँ न त । के कारणले रोकिएको छ ? चलाऔँ ।’

    प्रधानमन्त्री ओलीले चल्नसक्ने उद्योगहरु सञ्चालन गर्न र फलाम खानीहरु पनि छिटो सञ्चालन गर्नुपर्ने बताउनु भयो ।