२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

मुनलाईटद्वारा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई सम्मान

शुक्रवार , श्रावण ३०, २०८२

  • 696
    Shares
  • 696
    Shares
  • भैरहवा, ३० साउन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ स्थित मुनलाईट सेकेण्डरी बोर्डिङ स्कूल सिद्धार्थनगरले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ । 

    विद्यालयका कार्यवाहक प्राचार्य टीकाराम भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि विद्यालय सञ्चालक समितिका कार्यबाहक अध्यक्ष कुलप्रसाद न्यौपानेले उद्घाटन गर्नुहुंदै कक्षा १२ उर्तीर्ण विद्यार्थीको उज्ववल भविष्यको कामना गर्नुभयो । उहाँले विद्यालयले व्यवस्थापन विषयमा नगरकै उत्कृष्ट विद्यार्थी उत्पादन गरेको बताउनुभयो । 

    कार्यक्रममा कक्षा १२ उत्तीर्ण विद्यार्थी शारदा मुराव, आर्यन खानसहित विद्यार्थीलाई खादामाला र सम्मान–पत्रले सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयका लेखा समिति संयोजक मनिष कुमार जोशीले विद्यार्थीलाई अनुशासित भएर भविष्यको बाटो तय गर्न सुझाव दिनुभयो । उहाँले लागूऔषध दुव्र्यसनबाट बचेर जीवनयापन गर्न पनि सल्लाह दिनुभयो ।

    विद्यालयका शिक्षक विष्णु लम्सालको स्वागत तथा सह–प्राचार्य राजन पौडेलको सञ्चालनमा भएको कार्यक्रममा सञ्चालक समिति सदस्य केदारनाथ आचार्य, शिक्षक बालकृष्ण कुर्मीलगायतले विद्यार्थीको उज्ववल भविष्यको कामना गर्नुभयो ।

    533131276_1746500359342167_4794427402111757625_n.jpg