
बिहिवार , श्रावण २९, २०८२
काठमाडौं, २९ साउन । सौर्य एयरलाइन्सको जहाज दुर्घटना मानवीय त्रुटीबाटै भएको सरकारी अध्ययनबाट देखिएिको छ ।
जहाज दुर्घटनापछि सरकारद्वारा गठित एक उच्च आयोगले गरेको अध्ययनले प्राविधिक रुपमा भन्दा पनि जहाज दुर्घटना मानविय त्रुटीबाटै भएको निष्कर्ष निकालेको छ । सौर्य एयरलाइन्स दुर्घटना जाँचबुझ आयोगका अध्यक्ष एवं नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशलाल सुमनले आज प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा यसबारे जानकारी दिँदै जहाज दुर्घटनाको कारण पत्ता लगाउन ‘ह्युमन फ्याक्टर’, सेफ्टी म्यानेज्डमेन्ड सिस्टमका बारेमा धेरै अध्ययन गरिएको बताउनु भयो ।
उहाँकाअनुसार एयरपोर्टबाट जहाज उड्न थालेपछि ट्याक्सी वेबाट जहाज मेन रनवेतर्फबाट जहाज कोटेश्वरतर्फ उडेको देखिन्छ । त्यसपछि १८० डिग्रि मोडिएर त्यहाँ इन्जिनलाई टेकअप गरेको देखिन्छ । त्यसपछि जहाज दुर्घटना भएको देखिन्छ । १९ जना यात्रुमध्ये १ जना क्याप्टेनमात्रै जीवित थिए । १८ जनाको घटनास्थलमै मृत्यु भएको थियो । क्यापटेनको अवस्था चिन्ताजनक रहेको थियो ।
घटना जाँचबुझ आयोगका अध्यक्ष सुमनले भन्नुभयो– ‘यो जहाज सुरुमा रनवेमा दाहिने पखेटा ठोकिक्ँदा त्यसपछि खर्सेर जाँदा एयर डाइनेस्टिक हेलि सर्भिसको कन्टेनरमा ठक्कर लागेको देखिन्छ । कन्टेनरमा ठक्कर लागिसकेपछि पल्टियो । त्यसबेलामा उसको कपिट भाँचिएर खाल्डोमा झरेको देखिन्छ । त्यही कपिटमा तीन जना पर्नुभयो । जसमा क्यापटेन, कोपाइलट र इन्जिनियर हुनुहुन्थ्यो ।
त्यही कपिटबाट एक जना इन्जिनियर आफैँ जीवितै निस्कनुभएको थियो । त्यसपछि प्रहरीहरुले उहाँलाई बचाएर बाहिर ल्याउनुभएको थियो । त्यतिबेला अरु दुई जना पनि जीवित हुनुहुन्थ्यो । मैले भने उहाँहरुलाई पनि बचाउनुहोस् तर ढिला भयो उहाँहरु दुई जनालाई बचाउन सकिएन । रेस्क्यूतर्फपनि हामीले धेरै खोतल्यौं अध्ययनका क्रममा जसबाट धेरै कुरा पत्ता लाग्यो ।
जहाज दुर्घटना हुँदा एयर ड्राइनेस्टिकको कन्टेनरसँगै एयरपोर्टको केही पूर्वाधारलाई क्षति गरेको थियो । जहाजमा क्यापटेन ६ हजार ८५ घण्टा उड्नु भएको छ । ४ हजार ९ सय २२ घण्टा यही किसिमको जहाज उडाउनुभएको छ । मानविय त्रुटीको कुरा गर्दा पाइलटको डियूटि टाइम हेरिएको थियो, जसमा ७ दिनमा ४ घण्टा ४० मिनेट उड्नुभएको देखिन्छ । पाइलट त्यसबेला धेरै उड्नु भएको थिएन भन्ने देखिन्छ । थकान धेरै थियो भन्ने त्यस्तो देखिन्न ।’
उहाँकाअनुसार कोपाइलटले पनि यही जहाजबाटै करिअर स्टार्ट गरेको देखिन्छ । कोपाइलट १८ सय २४ घण्टा र यो जहाजमा १६ सय २ घण्टा कोपाइट उडेको देखिन्छ । दुर्घटना भएको जहाज उड्दा उनी थकित देखिँदैनन् । नागरिक उड्यानको नियमअनुसार महिनामा १०० घण्टा र वर्षमा १००० घण्टा भन्दा बढी उड्न पाइँदैन ।
त्यसैले दुर्घटनामा परेका पाइलट, को–पाइलटले कडा ड्युटी गरेको अध्ययनबाट नदेखिने सुमनले बताउनु भयो । उहाँकाअनुसार दुर्घटनाग्रस्त जहाज क्यानडामा बनेको जहाज थियो । २००३ मा निर्माण भएको उक्त जहाजमा दुईओटा इन्जिनहरु थिए । यो जहाज दुर्घटना हुँदा मौसम एकदमै ठिक रहेको थियो । दुर्घटनामा मौसमको कुनैपनि भुमिका देखिँदैन ।
जहाजमा त्यस्तो खालको टेक्निकल खराबीहरु देखिँदैन । कुनैपनि सिस्टममा जहाज दुर्घटनाका क्रममा खराबी भएको नदेखिने जाँझबुझ आयोगको प्रतिवेदनमा उल्लेख छ । आयोगका अध्यक्ष सुमनकाअनुसार जहाजमा चढेका धेरैजसो यात्रुले सिट बेल्ट नबाँधेको देखिन्छ । सिसि टिभि फुटेजहरु हेर्दा ४० सेकेण्डमै दमकल आगलागी भएको ठाउँमा पुगेको देखिन्छ ।
तर दुर्घटनाग्रस्त क्षेत्रमा खाल्डो भएका कारण दमकलले सडकका लागि पहुँच पाएन । नजिकको कपिट भएको ठाउँमा गएर दमकले आगो निभाएको अध्ययनबाटै देखिन्छ । कन्फर्टेवल बाटो नभएका कारण रेसक्युमा ढिला भएको देखिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij