२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

एमसीसी अन्तर्गतका द प्रशारण लाइन निर्माणका लागि ठेक्का सम्झौता

बिहिवार , श्रावण २९, २०८२

काठमाडौं, २९ साउन । मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) नेपाल परियोजना अन्तर्गत १५.४५ करोड डलर बराबरको दुई वटा प्रशारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भएको छ ।

एमसिए नेपालले प्रतिष्पर्धात्मक अन्तर्राष्ट्रिय बोलपत्र प्रक्रियाबाट रातमाटे–नयाँ दमौली प्रशारण लाइनको निर्माण सम्झौता एञ्जेलिक–स्किपर संयुक्त उपक्रम र नयाँ दमौली–नयाँ बुटवल प्रशारण लाइन निर्माण सम्झौता वाइबा–सलार संयुक्त उपक्रमसँग गरेको हो ।

अर्थ मन्त्रालय, नेपाल विद्युत प्राधिकरण, एमसीसीका कार्यवाहक उपाध्यक्ष, एमसीसी आवासीय राष्ट्रिय नियोगका प्रतिनिधिहरु, अमेरीकी दुतावासका अधिकारीहरुको उपस्थीतीमा एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र दुई कम्पनीका प्रतिनिधिहरुले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

यसका लागि संयुक्त लागत १५.४५ करोड अमेरिकी डलर रहेका यी सम्झौता अन्तर्गत १८० किलोमिटर लामो ४०० केभी प्रशारण लाइनहरुको डिजाइन, स्थापना, परीक्षण र सञ्चालन लगायतका काम गरिनेछ ।

हस्ताक्षर कार्यक्रममा बोल्दै एमसीसीका कार्यवाहक उपाध्यक्ष जोन विङ्गले नेपालमा बिजुलीको उपलब्धता र विश्वसनियतामा सुधार गर्नुकासाथै क्षत्रिय विद्युत व्यापार र अन्तरआवद्धता अभिवृद्धि गर्न नेपाली समकक्षीहरुसँग मिलेर कामगर्न पाउँदा गर्ववान्वित भएको बताउनु भयो ।

सम्झौतापछि न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले ३१५ मिटरको कुल प्रशारण लाइनमध्ये १८ किमिको गत वर्ष नै सम्झौता भएको बताउनु भयो । उहाँले बिहीवार १८० किलोमिटर प्रशारणलाइनका लागि सम्झौता भएको बताउनु भयो । 

कार्यकारी निर्देशक खड्काले भन्नुभयो–‘३१५ मिटरको कुल प्रशारण लाइनमध्ये १८ किमिको गत वर्ष नै सम्झौता भएको थियो । ३१५ मध्ये २९७ किमि प्रशारण लाइनको सम्झौता गर्न बाँकी थियो आजको सम्झौतापछि १८० किलोमिटर प्रशारणलाइनका लागि सम्झौता भएको छ । अब अर्को लट ११७ किमि प्रशारण लाइनको केही दिनमै सम्झौता गर्ने तयारी छ । सम्झौता गरिसकेपछि एउटा डेट तोकिएको हुन्छ, त्यो अवधीभित्र निर्माण पक्षले सम्पन्न गर्नुपर्ने हुन्छ ।

इफक्टिभ डेट भन्छौं त्यो डेट भनेको ४२ महिना हो । तर त्यो भन्दा कन्ट्रायाक्टरले त्यो भन्दा अगाडी गर्न सक्छ । सम्झौतासँगै काम सुरु भयो भन्ने बुझौँ । यसको लागत एउटा परियोजनाको ७ करोड ६० लाख छ भने अर्को परियोजनाको ७ करोड ४० लाख रहेको छ । लगभग दुवै परियोजनाको लागत बराबर छ ।’

कार्यकारी निर्देशक विष्टले एमसीसी परियोजनालाई नेपालमा समयमै सम्पन्न गराउनका लागि एमसीए नेपाल लागिरहेको बताउनु भयो । उहाँकाअनुसार अहिलेसम्मका कामहरु प्रभावकारी हिसावले नै अघि बढिरहेका छन् । ती नै समयमै काम सम्पन्न हुने आधारहरु हुन् ।