२०८३, भाद्र २० गते

Sep 05 2026 | २०८३, भाद्र २० गते

छिपागढ माविमा विज्ञान प्रयोगशाला तथा साईकल स्टैण्डको उद्घाटन

बिहिवार , श्रावण २९, २०८२

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • भैरहवा, २९ साउन । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ४ स्थित श्री छिपागढ माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला तथा साईकल स्टैण्डको उद्घाटन गरिएको छ । 
    बुधबार एक कार्यक्रमकाबीच रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले उद्घाटन गर्नुभएको छ । सो अवसरमा बोल्दै अध्यक्ष यादवले गाउँपालिकाले शिक्षालाई प्राथमिकता दिएको बताउनुभयो । ‘शिक्षा विकासको महत्वपूर्ण पूर्वाधार हो, त्यसैले शिक्षामा नै जोड दिएका छौं, ’उहाँले भन्नुभयो । उहाँले शैक्षिक गुणस्तर सुधारमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 

    कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर बस्नेत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेराज खान, प्रधानाध्यापक इन्द्र कुमार यादव, शिक्षक–अभिभावक संघका अध्यक्ष वशं बहादुर धवल, जसपा नेपालका युवा नेता शेषमणि यादव लगायतको उपस्थिति थियो ।

    गाउँपालिकाद्वारा विनियोजित ८ लाखको लगानीमा वज्ञान प्रयोगशाला तथा साईकल स्टैण्ड निर्माण भएको हो ।