
बुधवार , श्रावण २८, २०८२
काठमाडौं, २८ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कैदीबन्दीहरुले पाउने सुविधानबाट वञ्चित नगरिएको बताउनुभएको छ ।
.प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार आयोगको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले रुपन्देही कारागारमा रहनुभएका लामिछानेलाई मानवोचित र सबै कैदीहरुले बन्दीहरुले पाइरहेको सुविधा दिइएको स्पष्ट पार्नुभयो । लामिछानेलाई छुटै कोठामा राखिएको र कारागारको प्रशासनले केही समस्या छ की भनेर सोध्ने गरेको पनि बताउनु भयो । विशेष सुविधा दिइएको भन्नेकुरा नभएको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘माननीय रवि लामिछानेजी रुपन्देही जिल्लाको कारागारमा हुनुहुन्छ । त्यसबारे उहाँ त्यहाँ बस्नुभएको छ । मानवोचित र सबै कैदीहरुले बन्दीहरुले पाइरहेको सुविधा जुन पाइन्छ त्यसबाट वञ्चित गर्ने अवस्था होइन । अब मानव अधिकार आयोगले पनि गएर केही रिपोर्टहरु दिएको छ । जेलहरु कन्जेस्टेड छन् । उहाँलाई सानै भएपनि अलग्गै कोठामा राखिएको छ ।
उहाँ बस्नुभएको छ । उहाँलाई लगातार त्यहाँको कारागारको प्रशासनले केही समस्या छ की, केही गर्नुपर्छ की भनेर सोधेकै अवस्था छ । उहाँलाई विशेष सुविधा दिइएको छ भन्ने पनि होइन । तर न्युनतम सुविधाबाट कारागारभित्र प्राप्त हुने सुविधाबाट वञ्चित गरिएको होइन । कारागार सार्ने कुरा अघि बढेको छ ।’
कैदीबन्दीलाई एक कारागारबाट अर्को कारागारमा सार्ने काम सहमतिअनुसार सरकारले गर्ने भएको बताउनु भयो । कुन कारागारमा सार्ने भन्नेबारेमा सुरक्षालाई मध्यनजर गरेर अघि बढाइरहेको बताउनु भयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij