२०८२, श्रावण २८ गते

Aug 13 2025 | २०८२, श्रावण २८ गते

आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा रियाशा र अंशिकाको सफलता

बुधवार , श्रावण २८, २०८२

भैरहवा, २८ साउन । थाइल्याण्डमा सम्पन्न भएको आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप–२०२५ मा नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ । अगस्ट ९ र १० तारिखमा भएको प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै रूपन्देहीका खेलाडी रियाशा यादव र अंशिका यादवले सफलता प्राप्त गरेका छन् ।

प्रतियोगितामा रियाशाले दुई विधामा पदक जित्न सफल भइन् । उनले गेरोगी विधा (४४ केजीमुनी तौल समूह) मा रजत पदक जितेकी छन् । त्यस्तै १२ देखि १४ वर्ष उमेर समूहको पुम्से विधामा उनले कास्य पदक हात पारिन् ।

त्यसै गरी अर्की खेलाडी अंशिकाले पनि उत्कृष्ट प्रदर्शन गर्दै १७ वर्षमुनि पुम्से विधामा रजत पदक जितेको तेक्वान्दो प्रशिक्षक तथा अन्तर्राष्ट्रिय निर्णायक राकेश यादवले जानकारी दिनुभयो । प्रतियोगितामा २७ राष्ट्रका ३ सय बढी खेलाडीहरुको सहभागीता रहेको उहाँले बताउनुभयो ।

पदक जित्ने दुवैजना खेलाडी भैरहवास्थित क्रिएटिभ तेक्वान्दो डोजाङमा नियमित रूपमा प्रशिक्षण लिइरहेका छन् ।