२०८२, श्रावण २८ गते

Aug 13 2025 | २०८२, श्रावण २८ गते

चेम्बर अफ कमर्श रुपन्देहीको ९ औं अधिवेशन भदौ ७ गते

बुधवार , श्रावण २८, २०८२

भैरहवा, २८ साउन । चेम्बर अफ कमर्श (उद्योग व्यापार संगठन), रुपन्देहीको १८ औं वार्षिक साधारण सभा तथा ९ औं अधिवेशन २०८२ भदौ ७ गते शनिबार भैरहवामा हुने भएको छ । भदौ ७ गते शनिबार सिद्धार्थनगर नगरपालिका–९ उदयपुरस्थित संस्थाको सभाहलमा हुने महासचिव लक्ष्मी अधिकारीले बताउनुभयो ।

साधारण सभामा कार्यसमितिकोतर्फबाट अध्यक्षको प्रतिवेदन, महासचिवको प्रतिवेदन, आर्थिक प्रतिवेदन, निर्वाचन लगायतका विविध विषयमा छलफल हुने अधिकारीले जानकारी दिनुभयो । 

१८ औं वार्षिक साधारण सभा तथा ९ औं अधिवेशनमा उपस्थितिका लागि चेम्बर अफ कमर्श, रुपन्देहीमा आबद्ध सम्पूर्ण सदस्यहरुलाई आग्रह गरिएको छ ।

वि.सं. २०६३ सालमा स्थापना भएको चेम्बर अफ कमर्स, रुपन्देहीले उद्योगी-व्यवसायीको हकहितसँगै सामाजिक कार्य पनि गर्दै आएको अध्यक्ष दर्पण श्रेष्ठले बताउनुभयो ।