२०८२, श्रावण २८ गते

Aug 13 2025 | २०८२, श्रावण २८ गते

कोटहीमाईको एक नास्ता पसलमा आगलागी, प्रहरी र स्थानीयले निभाए आगो

बुधवार , श्रावण २८, २०८२

भैरहवा, २८ साउन । रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नम्बर ५ मा आगलागी भएको छ । मझगावाँ चोकस्थित चन्द्रभान यादवको नास्ता पसलमा भएको आगलागी पछि प्रहरी र स्थानीयले आगो निभाएका हुन् ।
यादव परिवार समेत बस्दै आएको उक्त पसलमा आगलागी भइ लत्ताकपडा, खाद्यान्न, भाडावर्तन, खाट लगायतका सामग्री जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय मझगावाँले जनाएको छ । 

मंगलबार राती करिब १० बजे आगलागी भएको र समयमा दमकल नआएपछि सशस्त्र प्रहरी बल मझगावाँ, इलाका प्रहरी कार्यालय मझगावाँसहित स्थानीयले आगो नियन्त्रण गरेको इलाका प्रहरी कार्यालय मझगावाँका प्रमुख प्रहरी निरीक्षक सन्तोष बस्यालले बताउनुभयो । 

आगलागीका कारण र पूर्ण क्षति विवरण आउन बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको बस्यालले जानकारी दिनुभयो ।