
सोमवार , श्रावण २६, २०८२
काठमाडौं, २६ साउन । मदन आश्रित स्मृति प्रतिष्ठानका अध्यक्ष प्रदीप ज्ञवालीले पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको छ ।
सोमवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा प्रधानमन्त्री समेत रहनुभएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको हो । एमाले उपमहासचिव समेत रहनुभएका ज्ञवालीले शपथग्रहणपछि बोल्दै अब प्रतिष्ठानलाई कुन दिशामा अघि लैजाने र कसरी अघि बढाउने भन्नेबारेमा प्रतिष्ठानको सोमवार बस्ने बैठकमा छलफल हुने बताउनु भयो ।
वैचारिक क्षेत्रमा योग्य उत्तराधिकारीहरु उत्पादन गर्नेगरी प्रतिष्ठानले काम गर्ने बताउनु भयो । प्राविधिक शिक्षालाई प्रतिष्ठानले प्रभावकारी बनाउने गरी अघि बढाइने बताउनु भयो । एकेडेमिक एक्सलेन्सका रुपमा प्रतिष्ठानलाई अघि बढाउने गरी आफूहरुले विचार गरिरहेको बताउनु भयो ।
उहाँले मदन आश्रितका विचारहरु अघि बढाउने गरी नै प्रतिष्ठानले भुमिका खेल्ने दाबी गर्नुभयो । प्रतिष्ठानको सदस्यका रुमपा सुरेश चापागाईंले समेत पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ । उहाँलाई प्रतिष्ठानका अध्यक्ष ज्ञवालीले शपथ खुवाउनु भयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij