२०८३, जेठ ९ गते

May 23 2026 | २०८३, जेठ ९ गते

रुपन्देही–३ उपनिर्वाचन : रास्वपाले सोमबार प्रारम्भिक उम्मेदवार नामावली प्रकाशन गर्ने

आइतवार , श्रावण २५, २०८२

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • भैरहवा, २५ साउन  । आगामी कार्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ मा हुन लागेको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवारसँगको छलफल सुरु गरेको छ । आइतबार (रास्वपा) ले उम्मेदवार बन्न चाहने ९ जना आकांक्षीसँग छलफल गरेको हो ।

    आइतबार उम्मेदवारहरुसँगको छलफल सकिएको र साउन २६ गते सोमबार (भोली) उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गरिने रास्वपाले जनाएको छ । आवेदन दिएका व्यक्तिहरुको नामावली रास्वपाले साउन २३ गते सार्वजनिक गरेको थियो ।

    साउन ७ देखि २१ गतेसम्म पार्टीले खुलाएको आवेदनमा उहाँहरूले २५ हजार दस्तुर तिरेर केन्द्रीय निर्वाचन आयोगमा आवेदन दिनुभएको थियो ।

    आवेदन दिएका व्यक्तिहरूमा सुलभ खरेल (बुटवल उपमहानगरपालिका–१६), पार्थिवेन्द्र उपाध्याय (सिद्धार्थनगर–७), डा. लेखजंग थापा (सिद्धार्थनगर–९), ज्ञानु पौड्याल (सिद्धार्थनगर–८), जीत बहादुर गुप्ता (सिद्धार्थनगर–१), कुसुम महर्जन (मध्यपुर ठिमी–६ भक्तपुर), रचना क्षेत्री (सिद्धार्थनगर–३), पुनम कुमारी अग्रवाल (सिद्धार्थनगर–८) र मधु प्रसाद अर्याल (बुटवल–१७), रुपन्देही रहेका छन् ।