२०८२, श्रावण २४ गते

Aug 09 2025 | २०८२, श्रावण २४ गते

नागरिक सरोकार मञ्च रुपन्देहीद्वारा प्रजिअ पाण्डेसँग छलफल

शनिवार , श्रावण २४, २०८२

भैरहवा, २४ साउन । नागरिक सरोकार मञ्च रुपन्देहीले नवआगन्तुक प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेसँग भेटघाट तथा छलफल गरेको छ । मञ्चका अध्यक्ष आनन्द प्रसाद गुप्ताको नेतृत्वमा शुक्रबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा पुगेको टोलीले भेटघाट तथा छलफल गरेको हो ।

कार्यक्रममा अध्यक्ष गुप्ताले नेपालमा मलको उद्योग नहुँदा र प्रयाप्त मल वितरण नहुँदा किसानले भारतबाट मल ल्याउनुपर्ने बाध्यता रहेको र सीमा क्षेत्रमा सास्ती खेप्नुपरेको बताउनुभयो । उहाँले किसानको मर्का प्रशासनले बुझ्नुपर्ने बताउनुभयो । उहाँले घरमा भाडामा बस्ने व्यक्तिहरुको घरधनीले परिचयपत्र राख्नुपर्ने बताउनुभयो । उहाँले यसले कुनै घटना भइहाले व्यक्तिको पहिचान गर्न सहज हुने धारणा राख्नुभयो ।
अध्यक्ष गुप्ताले सरकारले अस्पतालमा सेवाग्राहीले पाउनुपर्ने निःशुल्क औषधिबाट वञ्चित हुनुपरेकोले प्रशासनबाट अनुगमन आवश्यक रहेको बताउनुभयो । उहाँले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले अनिवार्य पोशाक लगाउनुपर्ने र परिचयपत्र हुनुपर्ने बताउनुभयो ।

मञ्चका प्रमुख सल्लाहकार गोविन्दराज पाण्डेले चाडपर्वको बेला पनि खुल्ला रुपमा पशुपन्छीको वध गरिएकोले यसलाई व्यवस्थित गर्नुपर्ने बताउनुभयो । सल्लाहकार लोकराज पोखरेलले भारतीय ओभरलोड सवारीसाधनका कारण नेपालका सडक तथा पुल भत्किरहेकोले भन्सार नाकामै भार मिलान गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ध्यान दिन आग्रह गर्नुभयो । 

छलफल कार्यक्रममा मञ्चका वरिष्ठ उपाध्यक्ष विकास रायमाझी, उपाध्यक्ष फुलपति कंडेल, महासचिव दीपक कुमार के.सी., सचिव उषा सिंह के.सी., सह–सचिव अनन्तराज पाण्डे, सह–कोषाध्यक्ष केदार बरई लगायत पदाधिकारी, सदस्य र सल्लाहकारहरुको उपस्थिति थियो ।

519426681_722837570626890_6441367157860191524_n.jpg

प्रमुख जिल्ला अधिकारी पाण्डेले कानूनको दायराभित्र रहेर मञ्चले उठाएका समस्या समाधानका लागि अगाडि बढ्ने बताउनुभयो ।