२०८२, आश्विन ८ गते

Sep 24 2025 | २०८२, आश्विन ८ गते

नेपाल तरुण दल रुपन्देही–२ द्वारा वृक्षारोपण

शनिवार , श्रावण २४, २०८२

  • 907
    Shares
  • 907
    Shares
  • बुटवल, २४ साउन । नेपाल तरुण दल क्षेत्र नम्बर २ रुपन्देहीले शुक्रबार वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ का सभापति प्रजापाल गिरीले वृक्षारोपणको महत्व, उद्देश्य र यसको दीर्घकालीन फाइदाबारे प्रकाश पार्दै वातावरण संरक्षणमा सबैको सक्रिय सहभागीता आवश्यक रहेको बताउनुभयो ।

    तरुण दल क्षेत्र नम्बर २ का सभापति हसन्त लामाले यो अभियान वातावरण संरक्षणसँगै तरुणहरूलाई एकजुट बनाउने उद्देश्यले गरिएको बताउनुभयो । उहाँले वृक्षारोपणले मात्र हरियाली नभई भविष्यका पुस्ताका लागि अमूल्य सम्पदा सृजना हुने विश्वास व्यक्त गर्नुभयो ।

    कार्यक्रममा नेपाल तरुण दलका पूर्व केन्द्रीय सचिव चिरञ्जीवी जोशी, कांग्रेस बुटवलका नगर उपाध्यक्ष ज्योती भण्डारी, नगर सचिव छाया पोख्रेल, तरुण दल केन्द्रीय सदस्य अजय रावल, कांग्रेस महाधिवेशन प्रतिनिधि महेश थैव, नेपाल किसान संघ जिल्ला अध्यक्ष राजन क्षेत्री, कांग्रेस बुटवल–६ का अध्यक्ष तारा ज्ञवाली, नेपाल विद्यार्थी संघ (नेविसंघ) जिल्ला अध्यक्ष सन्दिप पाण्डे, नेविसंघ केन्द्रीय सदस्य बलाराम पौडेल, जनप्रतिनिधि तथा तरुण नेता अशोक राई, आदिवासी जनजाति युवा महासंघ केन्द्रीय सचिव अर्जुन गुरुङ, दुर्गा मन्दिर व्यवस्थापन समिति अध्यक्ष चिन बहादुर थापा लगायतले बोल्नुभएको थियो ।

    वृक्षारोपण कार्यक्रममा आँप, जामुन, बेलौतीसहित एक सयभन्दा बढी बिरुवा रोपिएका थिए । तरुण दल बुटवल उपमहानगरपालिका नगर सभापति सुजन पुनको स्वागत तथा क्षेत्रीय सचिव कृष्ण भण्डारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा कांग्रेस, तरुण दल, नेविसंघ, किसान संघका पदाधिकारी, जनप्रतिनिधि र स्थानीयबासीको उपस्थिति थियो ।