२०८२, आश्विन ७ गते

Sep 23 2025 | २०८२, आश्विन ७ गते

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ सिद्धार्थनगरद्वारा फलफूल वितरण

शुक्रवार , श्रावण २३, २०८२

  • 3.4K
    Shares
  • 3.4K
    Shares
  • भैरहवा, २३ साउन । नेपाली काँग्रेसको भातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ, नगर कार्यसमिति सिद्धार्थनगर, रुपन्देहीले फलफूल वितरण कार्यक्रम गरेको छ । ३१ औं विश्व आदिवासी दिवस–२०८२ को अवसरमा शुक्रबार महासंघ भैरहवास्थित भीम अस्पतालमा उपचाररत बिरामीहरुलाई फलफूल वितरण गरेको हो ।

    महासंघको सिद्धार्थनगरका अध्यक्ष राजु गुरुङको अध्यक्षता, नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर ३ का सभापति सुशील गुरुङको प्रमुख आतिथ्यता, क्षेत्रीय सचिव लेखनाथ भट्टराई, भीम अस्पताल विकास समितिका अध्यक्ष डा.अनन्त कुमार शर्मा लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । 

    WhatsApp Image 2025-08-08 at 3.07.37 PM.jpeg

    कार्यक्रममा प्रमुख अतिथि सुशील गुरुङले नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले रचनात्मक कार्य गरेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि यस्तो कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।