
बुधवार , श्रावण २१, २०८२
काठमाडौं, २१ साउन । नेकपा (एकिकृत समाजवादी) का सांसद मेटमणी चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीले तुरुन्तै विश्वासको मत लिनुुपर्ने बताउनुभएको छ ।
बुधवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । संविधानको धारा १०० को उपधारा २ बमोजिम सरकारमा सहभागी दुई वटा राजनितिक दलले समर्थन फिर्र्ता लिएकोले प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने उहाँको भनाई छ । सरकारमा सहभागी दल नागरिक उन्मुक्ती पार्टीले सर्मथन फिर्ता लिएको बुधवार ठीक एक महिना पुगेको उहाँले बताउनु भयो । यस्तै अर्को दल जनता समाजवादीले पनि सर्मथन फिर्ता लिएको छ ।
उहाँले प्रधानमन्त्रीले सार्वजानिक कार्यक्रमहरुमा विश्वासको मत लिन नपर्ने भन्ने गरेको उल्लेख गर्नुहुँदै उक्त कुराको आफ्नो पार्टीले घोर भर्सना गर्ने पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘संविधानको धारा १०० को उपधारा २ मा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागी प्रतिनिधिसभामा समक्ष प्रश्ताव राख्नुपर्नेछ । अहिले सरकारमा सहभागी दल नागरिक उन्मुक्ती पार्टीले सरकारलार्ई दिएको समर्थन फिर्र्ता लिएको आज ठीक एक महिना पुगेको छ ।
समर्थन दिएको अर्को राजनितिक दल जनता समाजवादीले पनि सर्मथन फिर्ता लिएको छ । तर सम्मानीय प्रधानमन्त्रीले सार्वजानिक कार्यक्रमहरुमा विश्वासको मत लिनु नपर्ने तर्कहरु गरिरहनुभएको छ । विश्वासको मत लिन्न भनिरहनुभएको छ । उहाँकोे भनाई गैरकानुनी, असंवैधानिक र गैह्रजिम्मेवारी छ ।
संविधान पालना गर्ने व्यक्तिबाट यस्ता कुतर्क गरिनु दुुखद् कुरा हो । मेरो राजनिति दलको तर्र्फबाट उहाँको भनार्ई प्रति घोर भर्सना गर्दछु । संवैधानिक व्यवस्थालाई मान्ने हो भने तुरुन्तै संसदबाट विश्वासको मत लिनुपर्छ ।’
उहाँले यसअघि पनि बहुमतमा रहेको सरकारका प्रधानमन्त्रीले विश्वासको मत लिएको पनि स्मरण गराउनु भयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij