२०८२, कार्तिक १९ गते

Nov 05 2025 | २०८२, कार्तिक १९ गते

कानूनमन्त्रीले प्रतिकुल असर पार्ने विधेयक संसदमा पेश नगर्ने प्रतिवद्धता

बुधवार , श्रावण २१, २०८२

  • 967
    Shares
  • 967
    Shares
  • काठमाडौं, २१ साउन । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले बहुविवाह जस्ता सामाजिक मूल्य र मान्यतामा प्रतिकुल असर पार्ने विधेयक संसदमा पेस नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

    बुधवार प्रतिनिधि सभाको शुन्य र विशेष समयमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री चौरसियाले समाजमा नकारात्मक प्रभाव पार्ने खालका कानूनी प्रश्तावहरू अघि नबढाइने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । सामाजिक न्यायलाई खलल पुग्नेगरी कानून निर्माण गर्ने कुरामा कोही पनि सहमत हुन नसक्ने उहाँको भनाइ छ ।

    सभाको बैठकमा सांसदहरुले बहुविवाहलाई मान्यता दिनेगरी कानून बन्न लागेको विषयमा सरकारको जवाफ माग गरेका थिए । सरकारले बहुविवाहसम्बन्धी कानूनी मस्यौदा तयार पारेको भन्दै समाचार प्रकाशन भएपछि सरकारको आलोचना भइरहेको छ ।

    उहाँले भन्नुभयो, ‘समाजलाई नकारात्मक असर पार्ने तथा सामाजिक मूल्य र मान्यतामा प्रतिकुल प्रभाव पार्नेगरी बहुविवाह लगायतको कुनैपनि विधेयक यस सम्मानित सदनमा पेश नहुने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।’

    मन्त्री चौरसियाले विवाह गर्ने उमेर लगायतका केही व्यवस्था हेरफेर गर्न विधेयकलाई विधायन व्यवस्थापन समितिमा पठाएको उल्लेख गर्नुभयो ।