२०८२, आश्विन ४ गते

Sep 20 2025 | २०८२, आश्विन ४ गते

राष्ट्रिय मुक्ति पार्टीको उपाध्यक्षमा गुल्जारी यादव

मंगलवार , श्रावण २०, २०८२

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • भैरहवा, २० साउन । राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय उपाध्यक्षमा रुपन्देहीका ओम प्रकाश यादव (गुल्जारी) चयन हुनुभएको छ । पूर्व कृषि राज्यमन्त्री यादवले उपाध्यक्ष पदको जिम्मेवारी पाउनुभएको हो । 

    पार्टीले ३१ सदस्यीय पदाधिकारी चयन गरेको छ । पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले केन्द्रीय कार्यसमितिको पदाधिकारी र केन्द्रीय निकायको पदाधिकारी तथा सदस्य चयन गर्नुभएको हो ।
    पार्टीले ३ वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष, ५ महासचिव, १ कोषाध्यक्ष र सह–कोषाध्यक्ष, दुई प्रवक्ता, ७ उपमहासचिव र ७ सचिव चयन गरेको छ ।

    त्यस्तै केन्द्रीय अनुशासन, निर्वाचन, लेखा परीक्षण र विज्ञ समितिको अध्यक्ष र सदस्य पनि चयन गरेको छ।

    528310411_1298384318325220_89347229263927850_n.jpg
    527803487_1298384314991887_9086205322380516659_n.jpg