२०८२, आश्विन ४ गते

Sep 20 2025 | २०८२, आश्विन ४ गते

कुलिङ पिरियड छेडखानी नियोजितः सभापति र सचिवले राजीनामा दिनुपर्छ : माधव सापकोटा

मंगलवार , श्रावण २०, २०८२

  • 850
    Shares
  • 850
    Shares
  • काठमाडौं, २० साउन । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले कुलिङ पिरियड छेडखानी नियतजन्य काम भएको बताउनुभएको छ ।

    मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । मंगलवार नै छानविन समितिले प्रतिवेदन प्रतिनिधि सभामा पेश गरिसकेको छ । सोही बारेमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद सापकोटाले समितिले गम्भीर त्रुटीका रुपमा लिएको बताउनु भयो । समिति सभापति र सचिवले नियतजन्य रुपमा गरिएको आरोप लगाउनु भयो ।

    उहाँले राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाको कार्यशैली रहष्मय रहेको र पदीय जिम्मेवारी निर्वाह गर्न नसकेको समितिको निष्कर्ष रहेको बताउनु भयो । 

    उहाँले भन्नुभयो, ‘हामीले गम्भीर त्रुटी भनेका छाँै, यसलाई मानवीय त्रुटीका रुपमा लिन सकिँदैन । त्यो नियतजन्य रुमपा गरिएको कमजोरी हो । त्यसलाई नियतजन्य रुपमा जानाजान नै छेडखानी गरिएको छ ।’

    कानूनतः प्रथम दृष्टिमै सभापति र सचिवले जिम्मेवारी लिनुपर्ने र नैतिक रुपमा राजीनामा दिनुपर्ने बताउनु भयो ।