२०८२, आश्विन ५ गते

Sep 21 2025 | २०८२, आश्विन ५ गते

जनैपूर्णिमा तथा रक्षाबन्धन कार्यक्रम गर्दै श्रीवैष्णव परिषद् युएई

मंगलवार , श्रावण २०, २०८२

  • 3.5K
    Shares
  • 3.5K
    Shares
  • दुबई (युएई), २० साउन । श्रीवैष्णव परिषद् युएईले विगतका वर्षझैं यस वर्ष पनि जनैपूर्णिमा तथा रक्षाबन्धन कार्यक्रम आयोजना गर्ने भएको छ । परिषद्का कार्यक्रम संयोजक गणेश जोशीका अनुसार यो धार्मिक र साँस्कृतिक कार्यक्रममा पण्डित सम्पत कुमार न्यौपाने र पण्डित प्रदीप दाहालद्वारा वैदिक विधिपूर्वक हवन पूजन तथा मन्त्रसहित जनै धारण गराइनेछ ।

    कार्यक्रममा सहभागी हुने सबै भक्तजनहरूले पण्डितहरूको मुखारविन्दबाट वैदिक मन्त्र उच्चारणसहित नयाँ जनै ग्रहण गर्नेछन् । प्रवासमा रहे पनि सनातन संस्कार र परम्परालाई जोगाउने प्रयास स्वरूप यो कार्यक्रम आयोजना गरिएको संस्थाका प्रमुख सल्लाहकार तथा राप्रपाका केन्द्रिय सदस्य, सामाजिक व्यक्ति एवं धार्मिक अभियन्ता तोयानाथ लम्सालले बताउनुभयो ।

    कार्यक्रमलाई सफल बनाउन विभिन्न प्रवासी संघ–संस्थाहरूको पनि महत्वपूर्ण भूमिका रहेको आयोजकले जनाएका छन् । हिन्दू जागरण नेपाल युएई साखा, सनातन गौ संरक्षण अभियान युएई, नवलपुर सेवा समाज युएई, र प्रवासी नेपाली एकता समाज युएई सहयोगी संस्थाका रूपमा सक्रिय सहभागी रहेका छन् ।

    सहयोगी संस्था नवलपुर सेवा समाज युएईका अध्यक्ष तथा धार्मिक बौद्धिक व्यक्तित्व गोपाल पराजुलीले भन्नुभयो–‘श्रीवैष्णव परिषद् युएईले यस्ता कार्यक्रम आयोजना गरेर विदेशमा रहेर पनि नेपाली सनातन धर्म र संस्कृतिको रक्षा गर्दै एकता र जागरणको सन्देश दिइरहेको छ ।’

    पण्डितद्वयले युएईमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भइ पुण्य लाभ लिन आग्रह गरेका छन् ।

    WhatsApp Image 2025-08-05 at 2.51.39 PM.jpeg

    कार्यक्रमको सबै निगरानी श्रीवैष्णव परिषद् युएईका अध्यक्ष मणिराम खतिवडाले गरिरहनुभएको छ । विगतझै यस वर्ष पनि उल्लेखनीय भक्तजनहरुको बाक्लो उपस्थिति हुने अध्यक्ष मणिराम खतिवडाले जानकारी दिनुभयो ।