२०८२, आश्विन ४ गते

Sep 20 2025 | २०८२, आश्विन ४ गते

सरकारले बहुविवाह गर्न दिन खोज्नु, प्रतिगमन हो : सांसद शर्मा

मंगलवार , श्रावण २०, २०८२

  • 874
    Shares
  • 874
    Shares
  • काठमाडौं, २० साउन । नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले बहुविवाहलाई कानूनी मान्यता दिनेगरी सरकारले कानूनी प्रवन्ध गर्न लागेकाे भन्दै आपत्ति जनाउनुभएको छ ।

    प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद शर्माले यस्तो बताउनुभएको हो । संविधान प्रदत महिला अधिकार र नेपाल पक्षराष्ट्र भएर गरेका अन्तर्राष्ट्रिय सन्धी महासन्धी विपरित सरकारले देवानी संहिता २०७४ को धारा १७५ लाई संशोधन गर्न खोज्नु गलत भएको बताउनु भयो । उहाँले बहुविवाहालाई कानूनी मान्यता दिनेगरी कानून मन्त्रालयले गरिरहेको तयारी ठिक नभएको बताउनु भयो । 

    सांसद शर्माले भन्नुभयो– ‘जनयुद्ध जनअन्दोलन र सबैखाले महिला आन्दोलनका प्राप्त उपलब्धिमाथि सरकारले जसरी प्रहार गर्दैछ । यो महाप्रतिगमन हो । यसकाप्रति घोर आपत्ति व्यक्त गर्दछु ।

    यस सम्बन्धि प्रतिगमनकारी विधेयक अघि नबढाउन ध्यानाकर्षण गर्दछु ।’सांसद शर्माले प्रतिगमनलाई आफूहरुले नस्वीकार्ने समेत स्पष्ट पार्नुभयो ।