२०८३, जेठ ९ गते

May 23 2026 | २०८३, जेठ ९ गते

इनरव्हील क्लब लुम्बिनीद्वारा निःशुल्क मधुमेह तथा रक्तचाप परीक्षण

मंगलवार , श्रावण २०, २०८२

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • भैरहवा, २० साउन । इनरव्हील क्लब अफ लुम्बिनीले भैरहवामा निःशुल्क मधुमेह तथा रक्तचाप परीक्षण कार्यक्रम गरेको छ । क्लबले साउनको तेस्रो सोमबार सिद्धार्थनगर नगरपालिका–८ बसडिलवास्थित शिव मन्दिर परिसरमा कार्यक्रम गरेको हो । कार्यक्रममा करिब १ सय जना भक्तजनहरुको स्वास्थ्य परीक्षण गरिएको कार्यक्रम संयोजक अर्चना मल्लले जानकारी दिनुभयो ।

    स्वास्थ्य परीक्षण गरिएकामध्ये ५० प्रतिशतमा मधुमेह (सुगर) तथा रक्तचापको समस्या देखिएको इनरव्हील क्लब अफ लुम्बिनीका अध्यक्ष नारायणी नेपाल (अधिकारी) ले बताउनुभयो ।

    मधुमेह परीक्षण क्लबका अध्यक्ष तथा स्वास्थ्यकर्मी नारायणी नेपाल (अधिकारी) र रक्तचाप परीक्षण स्वास्थ्यकर्मी (सुशीला ज्ञवाली) ले गर्नुभएको थियो ।

    कार्यक्रममा क्लबको संस्थापक अध्यक्ष ज्ञानु पौड्याल, पूर्वअध्यक्ष बिना अग्रवाल, सीता भट्टराई, मीना नेपाल पन्थी, उपाध्यक्ष कोपिला मरासिनी, सचिव कमला भट्टराई, सह–सचिव पवित्रा पन्थी, कोषाध्यक्ष सुनिता लम्साल, सम्पादक मनु भुर्तेल, सदस्यहरु लगायतको उपस्थिति थियो ।

    कार्यक्रममा अध्यक्ष नेपालले कार्यक्रमका सहभागीहरुलाई जीवनशैली, खानपान, व्यायाम र नियमित स्वास्थ्य परीक्षणको महत्वबारे जानकारी दिदै भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।

    7f372a7f-ae51-4dc2-9f68-e9cf60619ec7.jpeg