
आइतवार , श्रावण १८, २०८२
भैरहवा, १८ साउन । उत्साहित बचत तथा ऋण सहकारी संस्था लि.सिद्धार्थनगरले शनिबार सहकारी शिक्षा तालिम तथा अन्तरक्रिया र तीज कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष राजेन्द्र घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारीको महत्व, अहिलेको अवस्था र उत्साहितले गरेका कामको बारेमा चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा पूर्वअध्यक्ष तथा सल्लाहकार माधवप्रसाद कोइराला, शंकर पाण्डे, बैकुण्ठ कोइराला, कार्यक्रम संयोजक पवित्रा रेग्मी, लेखा सुपरीक्षण समिति संयोजक टंक पौडेल, डोलराज भण्डारी, मीना श्रेष्ठ, चुरा बहादुर पछाई लगायतले बोल्नुभएको थियो । संस्थाको वित्तीय अवस्थाका बारेमा व्यवस्थापक संगिता भण्डारीले प्रष्ट पार्नुभएको थियो ।
संस्थाका उपाध्यक्ष ओमराज पन्तको स्वागतमा भएको कार्यक्रमको सञ्चालन सचिव कपिल काफ्लेले गर्नुभएको थियो । कार्यक्रममा तीज गीत नृत्य प्रस्तुतसहित दर खाने कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij