२०८३, जेठ ९ गते

May 23 2026 | २०८३, जेठ ९ गते

संघीय सरकारले नलिने भनेको शुल्क बेलहियामा प्रदेश सरकारले लिनु गलत : सञ्जाल

आइतवार , श्रावण १८, २०८२

  • 4.0K
    Shares
  • 4.0K
    Shares
  • भैरहवा, १८ साउन । लुम्बिनी प्रदेश सरकारले बेलहिया नाकामै भन्सार क्षेत्रभित्र कर असुलउपर गरिरहेकोप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको सिद्धार्थ सञ्जाल, रुपन्देहीले जनाएको छ । सञ्जालले आइतबार विज्ञप्ती जारी गर्दै संघीय कानूनअनुसार एकपटक अस्थायी महशुल असुल गरिसकेको अवस्थामा पुनः कर लिनु गलत कार्य भएकोले उक्त कार्य नगर्न/नगराउनका लागि सम्बन्धि निकायसँग अनुरोध गरेको छ ।

    आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यमा अस्थायी पैठारी हुने सवारीसाधनहरुमा भन्सार बिन्दुमै संघीय सरकारले महसुल संकलन गरेपश्चात नेपालभर यात्रा गर्द संघ, प्रदेश वा स्थानीय सरकारले प्रवेश शुल्क दस्तुर वा कुनै महसुल लगाउन, असुल उपर गर्न नपाइने व्यवस्था भए पनि त्यसको विपरीत भइरहेको सञ्जालका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताउनुभयो ।

    बेलहिया नाका प्रयोग गरी गण्डकी, बागमती प्रदेश जाने र उही बसोबास गर्ने यो नाकाको बाटो मात्र प्रयोग गर्ने स्थानमा पुरै अवधिको कर असुली गर्दा यस क्षेत्रबाट प्रवेश गर्ने पर्यटकले अन्य नाका प्रयोग गर्दै आएको विषय भन्सारको अभिलेखबाट समेत स्पष्ट भएको ज्ञवालीले बताउनुभयो । ‘उक्त अव्यवहारिक कार्यले गर्दा यस क्षेत्रमा आई एक दिन बसोबास गरेर अन्यत्र जाने पर्यटक अन्यत्र मोडिई रपन्देहीको पर्यटनमा समेत गम्भिर क्षति पुग्ने हुँदा पर्यटन व्यवसाय अझ धरासायी हुने देखिन्छ, ’विज्ञप्तीमा भनिएको छ ।