२०८२, फाल्गुण ९ गते

Feb 21 2026 | २०८२, फाल्गुण ९ गते

विश्व सम्मेलनमा नेपालको सहभागीता उपलव्धीपूर्ण : सभामुख घिमिरे

आइतवार , श्रावण १८, २०८२

  • 967
    Shares
  • 967
    Shares
  • काठमाडौं, १८ साउन । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्का सभामुखहरूको छैटौँ विश्व सम्मेलनमा नेपालको सहभागीता उपलव्धीपूर्ण रहेको बताउनुभएको छ । 

    जेनेभा, स्विट्जरल्याण्डमा भएको संसद्का सभामुखहरूको छैटौँ विश्व सम्मेलनमा भाग लिइ स्वदेश फर्किएपछि आइतबार त्रिभुवन बिमानस्थलमा पत्रकारसंग कुरा गर्दै सभामुख घिमिरेले सम्मेलनका क्रममा भएको छलफलका बारेमा जानकारी दिदै नेपालको सहभागीता उपलव्धीपूर्ण रहको बताउनुभएको हो ।

    उहाले  सम्मेलनमा डिजिटल क्षेत्रमा भइरहेका प्रगतिले पार्न सक्ने प्रभावका बारेमा छलफल भएको जानकारी दिनुभयो । आधुनिक प्रविधिले संसदलाई पारदर्शी र प्रभावकारी बनाउन खलेको भूमिकाका बारेमा आफुले धारणा राखेको भन्दै सभामुख घिमिरेले अबको युगमा संसदलाई केवल कानुन निर्माणका थलो मात्रै नभए प्रविधिमैत्री, जनसंवादमुखी र डिजिटल भविष्य निर्माणका नेतृत्वकर्ता हुनुपर्नेमा जोड दिएको बताउनुभयो ।  

    सम्मेलनका क्रममा विश्व राजनीतिमा देखापरेका द्वन्द्व र असमानतालाई समाधान गर्नुपर्नेमा सवै सहभागीले जोड दिएको उहाको भनाइ छ । त्यस्तै उहाले बिभिन्न मुलुकबाट आएका संसदका प्रमुखहरुसंग नेपालले गर्न सक्ने साझेदारीका बिषयमा छलफल भएको जानकारी दिनुभयो । 

    सभामुख घिमिरेले आगामी जनवरी ३० र ३१ मा काठमाडौंमा हुने जलवायु सम्बन्धी सम्मेलनका बिषयमा अन्तर व्यवस्थापिका सङ्घका प्रमुखसंग परामर्श भएको उल्लेख गर्नुभयो ।

    अन्तर व्यवस्थापिका सङ्घ र संयुक्त राष्ट्रसङ्घद्वारा संयुक्त रूपमा आयोजित सम्मेलनका क्रममा सभामुख घिमिरेले सम्बोधन गर्नुभएको थियो भने नेपालको संघीय संसदको तर्फबाट “हाम्रो डिजिटल भविष्य निर्माणमा संसदहरूको भूमिका के हुनसक्छ?” शीर्षकको प्यानल डिस्कसनमा धारणा राख्नुभएको थियो ।