२०८२, श्रावण १८ गते

Aug 03 2025 | २०८२, श्रावण १८ गते

लोकतन्त्रको रक्षाका लागि पुनः आन्दोलन गर्नुपर्ने अवस्था : शेखर कोइराला

आइतवार , श्रावण १८, २०८२

काठमाडौं, १८ साउन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार पारदर्शी, जवाफदेही र उत्तरदायी नहुदा जनताले सुशासनको अनुभूति गर्न नसकेको बताउनुभएको छ । 

आइतबार विराटनगरमा गुँरास पुस्तकालयले आयोजना गरेको मुक्ति प्रसाद यदुनाथ चापागाई सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेता डा. कोइरालाले ठूला दुई दल मिलेर बनेको सरकार पनि जनताप्रति पारदर्शी, जवाफदेही र उत्तरदायी हुन नसकेको र यसका कारण सुशासनको अनुभूति हुन नसकेको बताउनुभएको हो ।

उहाले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका ठिक संग नचलेका कारण लोकतन्त्र नै खतरामा रहेको धारणा राख्नुभयो । कोइरालाले लोकतन्त्रको रक्षाका लागि भएपनि पुनः आन्दोलन गर्नुपर्ने अवस्था आउन लागेको उल्लेख गर्नुभयो ।

मुलुकको निर्वाचन प्रणालीका कारण पनि मिलिजुली सरकार बनाउनुपर्ने बाध्यता रहेको भन्दै उहाले मिलिजुली सरकार बनाउनै पर्ने बाध्यताकाबीच पार्टीको सिद्धान्त र व्यवहारलाई छोड्न नहुनेमा जोड दिनुभयो ।