२०८२, श्रावण १८ गते

Aug 03 2025 | २०८२, श्रावण १८ गते

हीरक महोत्सवको तयारीमा आदर्श आधारभूत विद्यालय, काठमाडौंमा भेला

आइतवार , श्रावण १८, २०८२

बुटवल, १८ साउन । अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर १ स्थित आदर्श आधारभूत विद्यालयको हीरक महोत्सवका लागि काठमाडौंमा भेला सम्पन्न गरिएको छ । भेलाले सर्वसम्मत रुपमा हीरक महोत्सव सम्पन्न गर्न आवश्यक तयारीका लागि काठमाडौ उपसमिति तथा सल्लाहकार समिति निर्माण गरेको छ ।

समितिको संयोजकमा दीपक ज्ञवाली र सह–संयोजकमा केवल ज्ञवाली रहनुभएको छ । त्यस्तै सदस्यहरुमा विमल ज्ञवाली, अच्युत पन्थी, पवन अर्याल, रीता ज्ञवाली, प्रकाश ज्ञवाली (लामिडाँडा), रमेश ज्ञवाली, ढुण्डिराज ज्ञवाली, रोशन ज्ञवाली, दशरथ ज्ञवाली, सुरज ज्ञवाली, नारायण ज्ञवाली र मिनराज ज्ञवाली रहनुभएको छ । एक जना सदस्य पछि थप गर्ने बताइएको छ ।

त्यसै गरी सल्लाहकारहरुमा संयोजक चन्द्रमणि ज्ञवाली र सदस्यहरुमा मीना ज्ञवाली, बाबुराम ज्ञवाली, सुरेन्द्र अर्याल, पूर्वप्रअ चतुर्भुज ज्ञवाली, कमला ज्ञवाली (भद्रेपाटा) र सोमा राना रहनुभएको छ ।

भेलाका अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ज्ञवाली र विद्यालयका प्रधानाध्यापक डोलबहादुर घर्तीले हीरक महोत्सवलाई भव्य बनाउने गरी भइरहेका तयारीबारे जानकारी गराउनुभएको थियो ।
२०१८ सालमा स्थापना भएको यो विद्यालयले आगामी फागुन १ गते हीरक महोत्सव मनाउँदैछ । हीरक महोत्वसका अवसरमा स्मारिका समेत प्रकाशन गरिने विद्यालयले जनाएको छ ।