
शनिवार , श्रावण १७, २०८२
भैरहवा, १७ साउन । सिद्धार्थनगर सिटी हस्पिटल, नयाँ कोलोनी टोल सुधार समिति सिद्धार्थनगर–९ र जेसीआई सिद्धार्थ लेडी, नेपालको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी रुपन्देहीको प्राविधिक सहयोगमा शुक्रबार सिद्धार्थनगर सिटी हस्पिटल, भैरहवामा भएको कार्यक्रममा ५० यूनिट रगत संकलन भएको कार्यक्रम संयोजक बेनुका खड्काले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य देवी प्रसाद चौधरीले रक्तदान कार्यक्रमको आयोजना गर्नु सराहनीय कार्य भएको बताउनुभयो । उहाँले रक्तदान जीवनदान भएकोले रक्तदान गर्न मिल्ने जति सबैले रक्तदान गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि अर्घाखाँची सिमेन्ट लिमिटेडका महाप्रबन्धक उद्धव बहादुर कार्कीले रक्तदानले कसैको जीवन बचाउन अमूल्य सहयोग गर्ने बताउनुभयो । सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि.का प्रबन्ध निर्देशक अर्जुन पौडेलले हरेक वर्ष एकल रुपमा रक्तदान कार्यक्रम आयोजना गरेता पनि यस वर्षदेखि अन्य सामाजिक संस्थासँग सहकार्य गर्दै रक्तदान कार्यक्रमलाई निरन्तरता दिएको बताउनुभयो ।
जेसीआई सिद्धार्थ लेडीको जेसीज सप्ताह–२०२५ को अवसरमा संयूक्त रुपमा रक्तदान कार्यक्रमको आयोजना गरिएको अध्यक्ष अम्बिका घिमिरेले जानकारी दिनुभयो । नयाँ कोलोनी टोल सुधार समिति सिद्धार्थनगर–९ का अध्यक्ष कृष्ण प्रसाद पाण्डेले सामाजिक सेवा र रक्तदान जस्तो धन अरुसँग तुलना गर्न नसकिने बताउनुभयो ।
अस्पतालका निर्देशक डा. अमित चतुर्वेदीले सिद्धार्थनगर सिटी अस्पतालले सामाजिक कार्यमा योगदान दिदै आएको बताउनुभयो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, रुपन्देहीको प्राविधिक सहयोग रहेको कार्यक्रम संयोजक
नयाँ कलोनी टोल सुधार समितिका सचिव सुवास रिजालको सञ्चालनमा सम्पन्न कार्यक्रममा कल्पना पाण्डेले जेसीज आस्था पाठ गर्नुभएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij