२०८२, भाद्र ३१ गते

Sep 16 2025 | २०८२, भाद्र ३१ गते

४८ शाखा अधिकृतको सरूवा, रोहिणीको प्रमुख प्रशासकीय अधिकृतमा बस्नेत

शुक्रवार , श्रावण १६, २०८२

  • 5.8K
    Shares
  • 5.8K
    Shares
  • भैरहवा, १६ साउन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार ४८ जना शाखा अधिकृतको सरूवा गरेको छ । सोही अन्तर्गत रुपन्देहीको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश कुमार चौधरीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) मा सरुवा गरिएको छ । 

    त्यस्तै तनहुँको देवघाट गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर बस्नेतलाई रोहिणी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

    Jagat Basnet.jpg
    जगत बहादुर बस्नेत

    मन्त्रालयले शुक्रबार स्थानीय तहमा कामकाज गर्ने गरी अधिकृतहरूको सरुवा गरेको हो । उहाँहरुमध्ये केहीलाई प्रमुख प्रशासकीय अधिकृत र केहीलाई शाखा अधिकृतको रूपमा सरूवा गरिएको छ ।