२०८२, श्रावण १७ गते

Aug 02 2025 | २०८२, श्रावण १७ गते

अनेरास्ववियु खेलकुद विभाग प्रमुखमा सागर न्यौपाने

शुक्रवार , श्रावण १६, २०८२

भैरहवा, १६ साउन । नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का सचिवालय सदस्य सागर न्यौपानेले संगठनको खेलकुद विभाग प्रमुखको जिम्मेवारी पाउनुभएको छ । 
रुपन्देही निवासी न्यौपानेले प्रमुखको उक्त जिम्मवारी पाउनुभएको हो । उहाँले आफूलाई जिम्मेवारी दिने सम्पूर्ण टीमलाई धन्यवाद दिदै आफूले पाएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने बताउनुभयो ।

न्यौपाने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) भैरहवा बहुमुखी क्याम्पसका निवर्तमान अध्यक्ष समेत हुनुहुन्छ । 

धुलिखेलमा बसेको प्रथम सचिवालय बैठकका निर्णय महासचिव दीपक धामीले सर्कुलरमार्फत सार्वजनिक गर्नुभएको छ । उक्त सर्कुलर अनुसार खेलकुद विभाग उपप्रमुखको जिम्मेवारी अनिल बोहराले पाउनुभएको छ । बैठकले सातै वटा प्रदेश संयोजक तथा इञ्चार्ज पनि तोकेको छ ।