२०८२, कार्तिक १५ गते

Nov 01 2025 | २०८२, कार्तिक १५ गते

थाइल्याण्डमा हुने आठौं हिरोज तेक्वान्दो च्याम्पीयनसिपमा राकेश यादव सहभागी हुने

शुक्रवार , श्रावण १६, २०८२

  • 14.3K
    Shares
  • 14.3K
    Shares
  • भैरहवा, १६ साउन । यही अगस्ट ८ देखि १० तारिखसम्म थाइल्याण्डमा हुने आठौं हिरोज तेक्वान्दो च्याम्पीयनसीप (प्रतियोगिता)–२०२५ मा तेक्वान्दाका प्रशिक्षक राकेश यादवको सहभागीता हुनुभएको छ । रुपन्देही जिल्ला तेक्वान्दो संघका सचिव यादव अन्तर्राष्ट्रिय निर्णायकको रुपमा प्रतियोगितामा सहभागी हुँदै हुनुहुन्छ । उहाँ क्रियटिभ तेक्वान्दो डोजाङ्गका मास्टर समेत हुनुहुन्छ ।

    प्रतियोगितामा विश्वका ३० भन्दा बढी देशका ३ हजार ५ सयभन्दा धेरै खेलाडीहरुको सहभागीता हुँदैछ ।

    तेक्वान्दो क्षेत्रमा विगत ३ दशकदेखि समर्पित रुपन्देहीको भैरहवा निवासी यादवको अनुशासन, लगनशीलता र निष्ठाका कारण उहाँले यो अवसर प्राप्त गर्नुभएको बताइएको छ ।