२०८२, भाद्र ३१ गते

Sep 16 2025 | २०८२, भाद्र ३१ गते

एमाले र नेपाली काँग्रेसका शीर्ष नेताहरुबीच छलफल

बिहिवार , श्रावण १५, २०८२

  • 916
    Shares
  • 916
    Shares
  • काठमाडौं, १५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमाले र नेपाली काँग्रेसका शीर्ष नेताहरुबीच छलफल भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको छलफलमा सरकारको कारवाही, बिभिन्न विधेयक लगाएतका बिषयमा छलफल भएको नेताहरुले जनाएका छन् । त्यस्तै बागमती प्रदेशमा सरकारका बारेमा पनि छलफल भएको बुझिएको छ ।

    छलफलमा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओली, काँग्रेसका सभापति शेरबहादुर देउवा, काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का, एमालेका उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री एवं काँग्रेसका नेता रमेश लेखक, प्रधानमन्त्रीका मुख्य सल्लाहकार एवं एमालेका उपमहासचिव विष्णुप्रसाद रिमाललगायत सहभागी थिए ।