
बुधवार , श्रावण १४, २०८२
काठमाडौं, १४ साउन । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले कार्यबहाक अध्यक्ष तोक्ने अध्यक्ष रञ्जिता चौधरीको कदम पार्टी बिधान बिपरित रहेको बताउनुभएको छ ।
बुधबार काठमाडौंमा पार्टीको राष्ट्रिय भेलामा सहभागी हुन पुग्नुभएका चौधरीले पार्टी अध्यक्षले विधान विपरीत कार्यवाहक तोकेकाले आफुलाई पनि मन नपरेको बताउनुभयो ।
अध्यक्षले पार्टीको केन्द्रीय समिति बोलाएर प्रष्टिकरण दिनुपर्नेमा कार्यवाहक अध्यक्ष तोक्नुले धेरै कार्यकर्ताको चित्त दुखेको उहाले बताउनुभयो । चौधरीले कार्यवाहक अध्यक्ष तोक्दा पनि केन्द्रीय समिति बोलाएर निर्णय गराउनुपर्नेमा त्यसो नगरेको जिकिर गर्नुभयो ।
उहाले कसका कारण पार्टीभित्र समस्या देखिएको हो भन्ने सवैलाई छर्लङ्ग नै रहेको बताउनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij